ओखलढुंगामा भत्कियो चुनावी गठबन्धन



हाम्रो इकोनोमि

 

 

भागबण्डा नमिल्दा ओखलढुंगामा पनि चुनावी भठबन्धन भत्केको छ । ८ वटा स्थानीय तहमध्ये नेपाली कांग्रेसले ६ वटामा प्रमुख दाबी गरेपछि माओवादीलगायत गठबन्धनमा आबद्ध दल बिच्किएका हुन् । २०७४ सालको चुनावमा ओखलढुंगाका चारवटा स्थानीय तहमा कांग्रेसले जितेको थियो भने तीनवटा नेकपा एमाले र एकवटामा माओवादीवादी केन्द्रले जितेको थियो । यहाँ माओवादीले पनि तीनवटा स्थानीय तहमा दाबी गरेको छ ।

गठबन्धनमा आबद्ध दलबीच पटक–पटक सहमतिको प्रयास भए पनि भागबण्डामा कुरा नमिलेपछि गठबन्धन नै भत्केको माओवादी केन्द्र ओखलढुंगाका अध्यक्ष निशान्त शर्माले बताए । ‘हामीले कम्तिमा तीनवटा स्थानीय तहमा प्रमुख पदको उम्मेदवार मागेका हौं’, उनले भने, ‘तर नेपाली कांग्रेसले जसरी पनि ६ वटा आफूले नै राख्ने अडान नछाडेपछि गठबन्धन गर्नुको अर्थ नै भएन ।’

गठबन्धनमा कुरा नमिलेपछि चार दलबीच आपसमा स्वच्छ प्रतिस्पर्धा गर्ने गर्ने सहमतिसमेत भएको छ । ‘माओवादी केन्द्रको आधार क्षेत्रमा समेत कांग्रेसले दाबी गरेका कारण चुनावी गठबन्धन तोडियो, अब हामी मैत्रीपूर्ण प्रतिस्पर्धा गर्छौं’, निशान्तले भने ।

आफूहरूलाई माओवादीदेखि जिल्लामा रहेका साना दलहरूलाई पनि मिलाउनु पर्ने दायित्व भएका कारण समस्या भएको नेपाली कांग्रेस ओखलढुङ्गाका उपसभापति अजय लुइँटेलले बताए । उनले भने, ‘हामीले पहिला जितेको ४ सहित ६ वटा र माओवादीलाई एक स्थानीय तह दिने भन्दा पनि उहाँहरू पछि हट्नु भयो । अब जिल्लामा स्वच्छ प्रतिस्पर्धा हुन्छ, चुनावी तालमेल हुँदैन ।’

ओखलढुङ्गामा कांग्रेसले २०७४ सालमा जितेका चार सहित ६ वटा स्थानीय तहमा दाबी गरेको थियो भने लिखु, चम्पादेवी र चिशंखुगढी गाउँपालिकामा माओवादी केन्द्रले दाबी गरेको थियो । यस्तै जसपाले मानेभञ्ज्याङ र खिजीदेम्बामा दाबी गरेको थियो भने समाजवादीले सिद्धिचरण नगरपालिकामा दाबी गरेको थियो ।

माओवादीले चिशंखुगढीमा निशान्त शर्मा र लिखुमा बाबुराम गौतमलाई उम्मेदवार बनाउने निर्णय पनि गरेको छ । जिल्लामा दुई गाउँपालिका चिशंखुगढीमा जीवनकुमार थापा र मानेभञ्ज्याङमा रूपलाल तामाङलाई एमालेले पनि उम्मेदवार घोषणा गरिसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...