ओखलढुंगामा भत्कियो चुनावी गठबन्धन



हाम्रो इकोनोमि

 

 

भागबण्डा नमिल्दा ओखलढुंगामा पनि चुनावी भठबन्धन भत्केको छ । ८ वटा स्थानीय तहमध्ये नेपाली कांग्रेसले ६ वटामा प्रमुख दाबी गरेपछि माओवादीलगायत गठबन्धनमा आबद्ध दल बिच्किएका हुन् । २०७४ सालको चुनावमा ओखलढुंगाका चारवटा स्थानीय तहमा कांग्रेसले जितेको थियो भने तीनवटा नेकपा एमाले र एकवटामा माओवादीवादी केन्द्रले जितेको थियो । यहाँ माओवादीले पनि तीनवटा स्थानीय तहमा दाबी गरेको छ ।

गठबन्धनमा आबद्ध दलबीच पटक–पटक सहमतिको प्रयास भए पनि भागबण्डामा कुरा नमिलेपछि गठबन्धन नै भत्केको माओवादी केन्द्र ओखलढुंगाका अध्यक्ष निशान्त शर्माले बताए । ‘हामीले कम्तिमा तीनवटा स्थानीय तहमा प्रमुख पदको उम्मेदवार मागेका हौं’, उनले भने, ‘तर नेपाली कांग्रेसले जसरी पनि ६ वटा आफूले नै राख्ने अडान नछाडेपछि गठबन्धन गर्नुको अर्थ नै भएन ।’

गठबन्धनमा कुरा नमिलेपछि चार दलबीच आपसमा स्वच्छ प्रतिस्पर्धा गर्ने गर्ने सहमतिसमेत भएको छ । ‘माओवादी केन्द्रको आधार क्षेत्रमा समेत कांग्रेसले दाबी गरेका कारण चुनावी गठबन्धन तोडियो, अब हामी मैत्रीपूर्ण प्रतिस्पर्धा गर्छौं’, निशान्तले भने ।

आफूहरूलाई माओवादीदेखि जिल्लामा रहेका साना दलहरूलाई पनि मिलाउनु पर्ने दायित्व भएका कारण समस्या भएको नेपाली कांग्रेस ओखलढुङ्गाका उपसभापति अजय लुइँटेलले बताए । उनले भने, ‘हामीले पहिला जितेको ४ सहित ६ वटा र माओवादीलाई एक स्थानीय तह दिने भन्दा पनि उहाँहरू पछि हट्नु भयो । अब जिल्लामा स्वच्छ प्रतिस्पर्धा हुन्छ, चुनावी तालमेल हुँदैन ।’

ओखलढुङ्गामा कांग्रेसले २०७४ सालमा जितेका चार सहित ६ वटा स्थानीय तहमा दाबी गरेको थियो भने लिखु, चम्पादेवी र चिशंखुगढी गाउँपालिकामा माओवादी केन्द्रले दाबी गरेको थियो । यस्तै जसपाले मानेभञ्ज्याङ र खिजीदेम्बामा दाबी गरेको थियो भने समाजवादीले सिद्धिचरण नगरपालिकामा दाबी गरेको थियो ।

माओवादीले चिशंखुगढीमा निशान्त शर्मा र लिखुमा बाबुराम गौतमलाई उम्मेदवार बनाउने निर्णय पनि गरेको छ । जिल्लामा दुई गाउँपालिका चिशंखुगढीमा जीवनकुमार थापा र मानेभञ्ज्याङमा रूपलाल तामाङलाई एमालेले पनि उम्मेदवार घोषणा गरिसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस
पोखरेल समूहको अवधारणापत्र पार्टीमा बुझाउने तयारी

     नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनबारे तयार पारिएको...

गोवाको नाइट क्लबमा आगलागी हुँदा ४ नेपालीको मृत्यु

    भारत गोवाको अरपोरा क्षेत्रमा रहेको नाइट क्लबमा शनिबार मध्यरातमा भएको आगलागीमा...

११४ दललाई निर्वाचन चिन्ह प्रदान, एमालेको ‘सूर्य’ पहिलो

    निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दर्ता...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...