भरतपुर माओवादीलाई दिने सहमति भइसकेको छ : प्रचण्ड



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकाको नेतृत्व आफूहरुलाई दिने विषयमा गठबन्धनभित्र करिब सहमति भइसकेको दाबी गरेका छन् । सोमबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा उनले माओवादीलाई भरतपुर महानगरपालिकाको नेतृत्व दिने विषयमा सबैजसो दल तयार भएको बताएका हुन् ।

६ वटा महानगरपालिकामध्ये माओवादी केन्द्रले एउटा महानगरपालिका पाउनु स्वभाविक भन्दै प्रचण्डले त्यसमा जुन सजिलो हुन्छ त्यही लिनु उचित हुने बताए । त्यस आधारमा आफूहरुलाई भरतपुर नै उपयुक्त हुने उनको भनाइ छ ।‘मोटामोटी सबै साथीहरुको भित्री मनमा के छ भने भरतपुर (माओवादीलाई)  नै दिनु उचित हुन्छ, कांग्रेसलाई पनि लागेको छ धेरैलाई, केही केहीलाई मात्र नलागेको होला । त्यसकारण हामी बेलुकासम्म टुंग्याउँछौं’ उनले भने ।

उनले भरतपुर महानगरपालिकाको मेयर चाहिन्छ भनेर आफूहरुले अडान नराखेको पनि दाबी गरे । ‘भरतपुर नै नभई भएन रेनु (दाहाल) नै नभइ भएन भन्ने हाम्रो अडान होइन, गठबन्धनमा एउटा महानगर त माओवादी केन्द्रले पाउने नै होला । काठमाडौ दिने भए पनि ठीक छ, विराटनगर भने पनि ठीकै छ ।’

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...