यस्तो छ नेकपा एमालेको नयाँ मुख्यालय



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) ले तुलसीलाल अमात्य प्रतिष्ठानसँग मासिक ३ लाख रुपैयाँ भाडा तिर्ने गरी पार्टी मुख्यालय राख्ने सम्झौता गरेको छ । ललितपुरको च्यासलमा रहेको तुलसीलाल अमात्य प्रतिष्ठानमा एमालेले वैशाख ९ गतेदेखि पार्टी केन्द्रीय कार्यालय राख्दैछ । एमालेले पार्टी स्थापना दिवसको कार्यक्रम च्यासलमै गर्ने तयारी गरेको हो ।

पार्टी कार्यालयका सामान सार्ने काम अन्तिम चरणमा पुगेको एमाले प्रचार-प्रसार विभागका उपप्रमुख विष्णु रिजालले बताए । थापाथलीस्थित कार्यालय साँघुरो भएपछि एमालेले पार्टी मुख्यालय सार्न लागेको हो। प्रतिष्ठानको च्यासलमा प्रशस्त ठाउँ छ। प्रतिष्ठानको कार्यालय भने भवन नजिकैको खाली ठाउँमा बनाइँदैछ।

एमालेले ५ वर्षका लागि भवन भाडामा लिन लागेको हो । भवनमा बनेका संरचना ५ वर्षपछि प्रतिष्ठानकै हुनेछन् ।
तुलसी लाल प्रतिष्ठान स्वायत्त संस्था भएपनि त्यसको सञ्चालन एमालेकै नेताहरूको नेतृत्वमा हुन्छ ।
प्रतिष्ठानको अध्यक्ष एमाले नेता एवम् पूर्वमन्त्री गोपाल शाक्य छन् ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...