ओलीको देश दौडाहा, गठबन्धन गलफती : प्रचण्ड-माधव निचोरेको कागती



 

 

निर्मल भट्टराई

मौसमको गर्मीभन्दा स्थानीय चुनावको गर्मी बढ्ता छ अहिले नेपालमा । सिङ्‌गो देश अहिले स्थानीय तहको निर्वाचनको सङ्‌घारमा छ । नेकपा(एमाले) र सत्ता गठबन्धन दुई कित्तामा ध्रुवीकृत वर्तमान राजनीतिक व्याटलमा एमालेको विजय हुने निकै भरपर्दा सङ्‌केत देखा परेका छन् ।

के पहाड ,के मधेश एमालेको पक्षमा अभूतपुर्व लहर देखा परेको छ । करिब दुई दशक गुटबन्दीको शिकार रहँदै आएको एमालेमा माधव नेपालको सानो समूह चोइटिएर बाहिरिएपछि अद्वितीय रूपमा एकताबद्ध भएको छ ।

माओवादीको ठूलो समूह, देशभरका सच्चा लोकतन्त्रवादी, प्रगतिशील अन्य शक्ति र व्यक्तिको निरन्तर एमालेमा समाहित हुने प्रक्रियाले तीव्रता पाउँदा एमाले इतिहासकै शक्तिशाली भएको छ । पार्टी अध्यक्ष के पी शर्मा ओलीको प्रतिस्पर्धाविहीन क्रेज, पार्टीको राष्ट्र निर्माणको भिजन र मुद्धा,जनताको बहुदलीय जनवादको वैचारिक शक्ति र भरपर्दो साङ्‌गठानिक आधारले एमाले साच्चिकै अजेय शक्तिको रूपमा उदाएको छ ।

देशीविदेशी प्रतिक्रियावादी शक्तिको चौतर्फी घेराबन्दीलाई तोड्दै एमाले लक्षभेदनतर्फ अगाडि बढेको छ । एमालेको चुनाबी अभियानसंग सत्ता गठबन्धन प्रतिस्पर्धा गर्न डराएर स्थानीय तहको निर्वाचन सार्ने षणयन्त्र पनि गर्दैछ । पटक-पटक गम्भिर स्वास्थ्य समस्या झेल्दै आएका, मिर्गौलाको दोश्रो पटक प्रत्यारोपण गराएका सत्तरी वर्षीय ओलीको पच्चीस वर्षे युवाको जस्तै सक्रियताले एमालेलाई एक अब्बल क्रान्तिकारी पार्टीको रूपमा रूपान्तरण गरेको छ ।

पार्टीका बरिष्ठ उपाध्यक्ष ईश्वर पोकरेलको वैचारिक तथा पार्टी महासचिव शंकर पोकरेलको साङ्‌गठानिक व्यवस्थापनले एमालेलाई अरू पार्टीसंग तुलनै हुन नसक्ने गरि उत्कृष्ट बनाएको छ । आज एमाले पार्टीले जनताको अपार समर्थन प्राप्त गरेको छ । विगतको स्थानीय निर्वाचन अघि एमालेविरुद्ध ब्यारिकेट खडा गरिएको मधेश प्रदेशमा आज जताततै

ओलीलाई रातो कार्पेट विछ्याइएको छ । पर्सा, सप्तरी, रौतहट, सर्लाही, धनुषा,महोत्तरी लगायतका जिल्लाका अधिकांश गैर एमाले जनप्रतिनिधिहरू एमालेमा सगौरव समाहित भएका छन् ।

हिजो एमाले कमजोर रहेका मधेशका थुप्रै पालिकाहरू आज धमाधम एमालेका गढमा परिणत हुँदैछन् ।  जनसङ्‌ख्या र मतदाता अत्यधिक रहेको मधेश प्रदेशमा एमालेको पक्षमा लहर न भूतो न भविष्यति भनेझैं आएको छ । अर्कातिर दिन प्रतिदिन जनतामा अलोकप्रिय बन्दै गएको सत्ता गठबन्धन तालमेलको झमेलामा नराम्ररी जकडिएको छ ।

सत्ता गठबन्धनको प्रमुख घटकनेपाली काङ्‌ग्रेसको अनिच्छाका बाबजुद राष्ट्रव्यापी तालमेलको लागि कस्सिएकाप्रचण्ड र माधवलाई काङ्‌ग्रेसले विरालोले मुसो खेलाएझैं खेलाइरहेको छ ।कार्यकर्ता तहमा एमालेको छातामुनि धमाधम बाम ध्रुवीकरण भइरहेको नियालेकोनेपाली काङ्‌ग्रेसले पछिल्ला दिनमा प्रचण्ड र माधव समूहलाई त्यति भाउ नदिएकोप्रष्ट देख्न सकिन्छ ।

माधव समूह र प्रचण्ड समूहको जमिन एमालेले लगभगबडारिसकेको अवस्थामा नेपाली काङ्‌ग्रेसले उनीहरूलाई जताततै बोक्न नसक्नेबताउन थालेको छ ।नेपाली काङ्‌ग्रेसका विभिन्न नेताले प्रचण्ड र माधवले आफ्नो औकातभन्दा बढीसिट मागेको बताइरहेका छन् ।

विगतमा ओलीविरूद्ध एउटै जुवामा नारिएरदेउबाको क्याम्पमा गएका प्रचण्ड र माधवमा पनि कसको औकात कति भन्नेमा लफडा शुरू भएको छ । आरोप प्रत्यारोप शुरू भएको छ । हिजो एमालेमा आफ्नो अपमा।

न भयो भनेर अकारण भागेका माधव नेपाल आज गठबन्धन दलले पनि आफ्नो अपमान गरेको बताउन थालेका छन् । विगतमा माधव नेपालले छरेको भ्रमबाट मुक्त भएर देशभरका माधव समूहका नेता-कार्यकर्ता धमाधम आफ्नोगौरबशाली घर एमालेमै फर्किरहेको देखेर उनी दिन प्रतिदिन विक्षिप्त बन्दै गएका छन् एकातिर भने अर्कोतिर देउबा र प्रचण्डले भनेजति स्थानीय तहका सिट दिन अस्वीकार गरेबाट उनको हुर्मत हुदै गएको छ ।

प्रचण्ड लाई आफ्नो छोरीलाई भरतपुर महानगरपानिकाको मेयर पद पुनः प्राप्ति नै फलामको च्यूरा चपाउनु सरह भएको छ । छोरीलाई पुनः टिकट दिए वा भरतपुरलाई माओवादीको पोल्टामा राखिदिएमा चितवनका अधिकांश काङ्‌ग्रेसीले विद्रोहको तयारी गरेका छन् ।

देशका धेरै जिल्लामा नेपाली काङ्‌ग्रेसले माधव र प्रचण्डको पार्टीलाई मागेजति सिट दिन नसकिने बताइसकेको सूचना बाहिरिएका छन् । अन्ततः प्रचण्ड र माधवलाई नेपाली काङ्‌ग्रेसले अन्त्यमा थाङ्नामै सुताउने हो ।

निचोरेको कागती बनाएर फाल्ने नै हो । छलाङ मार्न सिपालु प्रचण्डलाई एमालेतिर छलाङ मार्न नदिने नेपाली काङ्ग्रेसको एकमात्र ध्याउन्न छ । ओली र एमालेको हाउगुजी देखाएर प्रचण्ड र माधवलाई अन्तिमसम्म अल्मल्याउनुमा नै आफ्न सफलता देखेको छ काङ्ग्रेसले ।

काङ्‌ग्रेसले प्रचण्ड र माधवलाई जे दिनु थियो दिइसक्यो । अब केही दिंदैन । तालमेलको अधिकार पाएका नेपाली काङ्‌ग्रेसका स्थानीय समितिले विस्तारै विस्तारै आफ्नो थैली कस्तै ल्याएको देखिन्छ । भोटको हिसाबकिताबमा माहिर काङ्‌ग्रेसीहरू प्रचण्ड र माधवका स्थानीय कमिटीका हावादारी मत प्रक्षेपण मान्न तयार देखिदैनन् ।

यस सन्दर्भमा कास्की काङ्‌ग्रेसको तर्क बढो घतलाग्दो छ । ऊ भन्छ- ‘डालोमा भएको मत मानोमा हाल्दा पोखिन्छ, मानोको मत डालोमा हाल्दा परिणाम आउँछ । ‘अर्थात् नेपाली काङ्ग्रेस उनीहरूलाई लिलिपुटसरह हातमा नचाउनमात्र चाहन्छ ।

कठपुतली बनाउन चाहन्छ । भोट दिएर जिताउन चाहदैन । गठबन्धनमा महानगरपालिकामा साझा चुनाव चिन्हमा चुनाव लड्ने तयारी गरिएको छ । सिंहको भाग पाउने नेपाली काङ्‌ग्रेसको चुनाव-चिन्ह रूख नै गठबन्धनको साझा चुनाब-चिन्ह बन्ने लगभग निस्चित भएको छ ।

यसले विस्तारै देशलाई दुई पार्टी व्यवस्थातर्फ डोहोर्‍याउने निस्चित छ । अब प्रचण्ड र माधवको अस्थित्व नेपाली काङ्‌ग्रेसको पोल्टामा स्थायी रूपमै जाने भयो । ङ्‌याकिनु र निचोरिनुको पनि हद हुन्छ ।

प्रतिक्रिया दिनुहोस
पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्

साना दल फुटाउन अध्यादेश आउने संकेत

    विपक्षी दलहरुले साना दलहरु फुटाउन सरकारले अध्यादेश ल्याउनसक्ने आशंका गरेका छन्

रवि लामिछाने पक्राउ पर्न सक्छन् : प्रचण्ड

     माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ पर्नसक्ने

समस्याग्रस्त सहकारीका ऋणीले ७ दिनभित्र ऋण तिर्नैपर्ने

    समस्याग्रस्त घोषणा भएका १८ सहकारी संस्थाबाट ऋण लिएका ऋणीलाई ऋण तिर्न