गठबन्धनमा लफडा, प्रचण्डले भने कांग्रेससँगै प्रतिस्पर्धा हुन्छ



हाम्रो इकोनोमि

 

 

आसन्न स्थानीय तह निर्वाचनका सन्दर्भमा नेकपा माओवादी केन्द्रको बैठक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को खुमलटारस्थित निवासमा बसेको छ । केन्द्रीय कार्यालयको विस्तारित सो बैठकमा उपलब्ध पूर्वस्थायी समिति सदस्य र प्रदेश इन्चार्जहरू उपस्थित थिए ।

बैठकमा अध्यक्ष प्रचण्डले तालमेलको विषय निकै पेचिलो र असहज रहेको स्वीकार गरेका छन् । स्रोतकाअनुसार सकेसम्म सबै ठाउँमा कांग्रेससँग बार्गेनिङ गरेर तालमेलको प्रयास भइरहेको प्रचण्डले ब्रिफिङ गरेका छन् ।

नेकपा एस, जसपालाई लक्षित गर्दै प्रचण्डले ‘अन्य दल’ ले आफ्नो हैसियतभन्दा माथि शक्ति रहेको दाबी गरेकाले तालमेलको विषय कठिन भएको बबताएका छन् ।

‘अध्यक्ष कमरेडले सकेसम्म बार्गेनिङ गरेर तालमेल गर्ने । सहमति नभएको अवस्थामा कांग्रेससँग स्वस्थ प्रतिस्पर्धा गर्न सकिने उहाँले बताउँनुभएको छ,’ बैठकमा सहभागी एक नेताले भने, ‘केही स्थानमा गठबन्धनका अन्य दल मिलेर पनि प्रतिस्पर्धा गर्न सकिने उहाँको धारणा रह्यो । सोहीअनुसार छलफल भयो ।’

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...