एमालेबाट काठमाडौंको मेयरमा पाँच जना उम्मेदवारको नाम सिफारिस



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले काठमाडौँ महानगरपालिकाको मेयरमा पाँच जनाको नाम सिफारिस गरेको छ । काठमाडौँ नगर कमिटीले नगर प्रमुखको उम्मेदवार बन्नका लागि पाँच जनाएको नाम सिफारिस गरेको हो ।

नगर कमिटीले वर्तमान नगर प्रमुख विद्यासुन्दर शाक्य, पूर्वमन्त्री रामवीर मानन्धर, प्रदेशसभा सदस्य केशव स्थापित, नगर कमिटीका अध्यक्ष निर्मल देउला र जिल्ला कमिटी सदस्य इन्दिरा पन्तको नाम सिफारिस गरेको हो ।

नगर कमिटीबाट सिफारिस भएपछि सोही आधारमा जिल्लाले सिफारिस गर्ने छ । जिल्ला कमिटीले आफूलाई लागेको रायसहित प्रदेश र प्रदेशबाट केन्द्र जाने मापदण्ड तय गरिएको छ । महानगरमा एमालेका उपप्रमुखको उम्मेदवारका विषयमा भने छलफल जारी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...