सशस्त्र प्रहरीको आईजीपीमा पुष्पराम



हाम्रो इकोनोमि

 

सरकारले सशस्त्र प्रहरी बल (एपीएफ) को महानिरीक्षकमा पुष्पराम केसीलाई बढुवा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बिहान बसेको बैठकले दुईजना अतिरिक्त महानिरीक्षक (एआईजी) मध्ये‍बाट केसीलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो ।

वरीयतामा केसी, अर्का एआईजी रामशरण पौडेलभन्दा अगाडि थिए । सशस्त्र प्रहरीमा शैलेन्द्र खनालले आईजीपीको ४ वर्षे पदावधिका कारण सोमबार रातिदेखि अवकाश पाएका थिए । केसी आगामी वैशाख १८ सम्म सशस्त्रको आईजीपी हुनेछन् । त्यसपछि ३० वर्षे सेवा अवधिका कारण उनले अवकाश पाउने छन् ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...