सिद्धान्त र विचार नमिल्नेहरूसँग लाज पचेकाहरूको गठबन्धन : पशुपति शर्मा



हाम्रो इकोनोमि

 

 

चर्चित लोकगायक पशुपति शर्माले जनतालाई भेँडा नबन्न आग्रह गर्नुभएको छ । स्थानीय तहको निर्वाचनमा राजनीतिक दलहरूले सिद्धान्त र विचार नै नमिल्नेहरूसँग लाज पचेकाहरूले गठबन्धन गरेको भन्दै जनतालाई भेंडा नबन्न अनुरोध गर्नुभएको हो ।

गीत संगीतमा विकृति र विसंगतीका बारेमा निर्मम ढंगले व्यग्य र खबरदारी गर्ने शर्माले आज सामाजिक सञ्जाल फेसबुक मार्फत सिद्धान्त र विचार नमिल्नेहरू र एकले अर्कालाई विश्वास गर्न नसक्नेहरूले गठबन्धनको नाटक गरेर जनतालाई भेँडा बनाउन खोजेको आरोप लगाउनुभयो ।

प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सिद्धान्तहिन गठबन्धन गरेर लाच पचाएको शर्माले बताउनुभयो ।

उहाँले फरक–फरक चुनावी घोषणापत्र हुने भएपछि गठबन्धन केका लागि ? भन्दै प्रश्न समेत उठाउनुभयो । शर्माले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, ‘लाज पचेकाहरुले हो गठबन्धन् गर्नी, सिद्दान्त मिल्नु छैन विचार मिल्नु छैन, चुनावि घोषणा पत्र आफ्ना–आफ्ना छन्, के हो यो गठबन्धन, आफूमा बिश्वास छैन भने जनताको बिश्वास कसरी जित्छौ ? कार्यकर्ता र जनता कती भेडा हुन्छौ सोच्ने बेला भयो अब ।’

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...