पाँच लाख घुससहित मालपोतका निमित्त कार्यालय प्रमुख पक्राउ



हाम्रो इकोनोमि

 

 

भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका निमित्त कार्यालय प्रमुख (शाखा अधिकृत) सुनिलकुमार झा ५ लाख घुससहित पक्राउ परेका छन् । झालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले झाले सेवा ग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको प्रेस विज्ञप्तिमार्फत जनाएका छन् ।

‘भूमिसुधार तथा मालपोत कार्यालय, धनुषाका निमित्त कार्यालय प्रमुख (शाखा अधिकृत) सुनिल कुमार झाले जग्गा सम्बन्धी हक साफी मुद्दामा उक्त मुद्दाको फैसला सुनाए वापत सेवाग्राहीसँग रु. ५,००,०००।– घुस÷रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले निज निमित्त कार्यालय प्रमुख (शाखा अधिकृत) सुनिल कुमार झालाई सेवाग्राहीबाट रु. ५,००,०००।– (पाँच लाख रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित निजलाई भानुचोक, जनकपुर, धनुषाबाट आज मिति २०७८।१२।२८ गते बिहान ८ः१५ बजे नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
,

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...