पाँच लाख घुससहित मालपोतका निमित्त कार्यालय प्रमुख पक्राउ



हाम्रो इकोनोमि

 

 

भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका निमित्त कार्यालय प्रमुख (शाखा अधिकृत) सुनिलकुमार झा ५ लाख घुससहित पक्राउ परेका छन् । झालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले झाले सेवा ग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको प्रेस विज्ञप्तिमार्फत जनाएका छन् ।

‘भूमिसुधार तथा मालपोत कार्यालय, धनुषाका निमित्त कार्यालय प्रमुख (शाखा अधिकृत) सुनिल कुमार झाले जग्गा सम्बन्धी हक साफी मुद्दामा उक्त मुद्दाको फैसला सुनाए वापत सेवाग्राहीसँग रु. ५,००,०००।– घुस÷रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले निज निमित्त कार्यालय प्रमुख (शाखा अधिकृत) सुनिल कुमार झालाई सेवाग्राहीबाट रु. ५,००,०००।– (पाँच लाख रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित निजलाई भानुचोक, जनकपुर, धनुषाबाट आज मिति २०७८।१२।२८ गते बिहान ८ः१५ बजे नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
,

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...