कांग्रेसबाट निर्वाचित वडाअध्यक्षसहित दुई सयजना एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

 

गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित रुपन्देहीको गैडहवा गाउँपालिका– १ का वडाअध्यक्ष प्रदीपकुमार चौधरी नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन् ।

नेता चौधरीको नेतृत्वमा दुई सय जना कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेको एमाले रुपन्देहीका जिल्ला सदस्य सन्दिप गुप्ताले बताए । त्यस्तै जनता समाजवादी पार्टी नेपाल (जसपा)लगायत विभिन्न परित्याग गरी सयौंको संख्यामा नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको गुप्ताले जानकारी दिए । उनले गैडहवा एमालेको बलियो आधार क्षेत्र बन्दै गएको दाबी गरे ।

एमाले गैडहवा गाउँपालिका कमिटीको आयोजनामा भएको स्थानीय निर्वाचन परिचालन कमिटी प्रचारप्रसार तथा जनसम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा उनीहरुलाई एमालेका पोलिटब्युरो सदस्य तथा राष्ट्रियसभामा संसदीय दलका नेता खिमलाल भट्टराईले पार्टीमा स्वागत गरेका थिए ।

कार्यक्रममा बोल्दै नेता भट्टराईले आगामी निर्वाचनमा एमालेलाई जिताउन आग्रह गरे । एमालेकै नेतृत्वमा मात्र मुलुकमा विकास हुने उनको भनाइ थियो । उनले एमालेको देशव्यापी जनलहरबाट सत्तारुढ गठबन्धन दलहरु अत्तालिएको बताए ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...