ऋषि धमलालाई बयानका लागि प्रेस काउन्सिलले बोलायो



हाम्रो इकोनोमि

 

 

पत्रकार ऋषि धमलाले नेपाल एयरलाइन्सको विमानभित्र देखाएको उद्दण्ड व्यवहारका विषयमा प्रेस काउन्सिल नेपालले बयान लिने भएको छ । धमलालाई लिखित स्पष्टीकरण सोधेको काउन्सीलले उनको जवाफ चित्तबुझ्दो नभएपछि बयानका लागि बोलाएको हो ।

काउन्सिलको आज बसेको आचारसंहिता अनुगमन समितिको बैठकमा धमलाले दिएको जवाफबारे छलफल भएको थियो ।
जवाफमा पेस गरिएका तर्कमा सन्तुष्ट हुन नसकिएकाले मौखिक बयानका लागि बोलाउने निर्णय भएको काउन्सीलका अध्यक्ष बालकृष्ण बस्नेतले जानकारी दिए ।

धमलाले छिटो समाचार सम्प्रेषण गर्नु पत्रकारको धर्म हुने भन्दै आफ्नो गलत क्रियाकलापको बचाउ गर्न खोजेको काउन्सिलको निष्कर्ष छ । अब उनको मौखिक बयानपछि काउन्सीलले थप निर्णय लिने बस्नेतले बताएका छन् ।

धमलालाई भोलि मध्यान्ह १२ बजे बोलाइएको छ । काउन्सिलले प्राइम टिभीका समाचार प्रमुखलाई पनि स्पष्टीकरण सोधेको थियो । उनलाई भने मौखिक बयानका लागि बोलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...