बूढानीलकण्ठ वडा नम्बर दुईमा राजेन्द्र श्रेष्ठको पल्लाभारी



हाम्रो इकोनोमि

 

 

बूढानीलकण्ठ नगरपालिका वडा नं.२ मा नेकपा एमालेका वडाध्यक्ष उम्मेदवारमा बलिया हकदारका रूपमा राजेन्द्र श्रेष्ठ देखिएका छन् । २०७४ सालको पहिलो स्थानीय निर्वाचनमा वडा सदस्यको रूपमा निर्वाचित भएर आएदेखि वडा र समग्र नगरपालिकाकै विकासमा अहोरात्र खटिदै आएका श्रेष्ठ नेकपा एमालेको नवौं अधिवेशनबाट वडा शाखा कमिटी अध्यक्षमा सर्वसम्मत चुनिएका हुन्। वडा नं.२को सदस्यको रूपमा रहेर वडामा मात्रै नभएर पुरै नगरमा सम्पन्न हुने विकास निर्माणकार्यमा उनको सहभागिता रहनेगरेको छ। अनुगमन समितिमा रहेर जिम्मेवारी पनि श्रेष्ठले निभाईरहेका छन्।

कोभिड-१९ को महामारीमा बूढानीलकण्ठ नगरपालिकामा नै पहिलोपटक वडा नं.२ मा आईसोलेशन सेन्टर स्थापना गर्न सक्रिय रूपमा लागीपरेका श्रेष्ठ सार्वजनिक जग्गा संरक्षण कार्यमा पनि त्यतिकै सबल रूपमा लागीपरेर व्यक्तिले बर्षाैंदेखि भोगचलन गर्दै आएको सार्वजनिक जग्गा छुट्याईएको थियो।

 

वडाभित्र रहेका आस्था र धार्मिक धरोहरका मन्दिरहरुको जिर्णोद्धार तथा संरक्षणमा पनि कृयाशिल रहेकाछन्। भौतिक संरचना मात्रै निर्माण गरेर विकास नहुने त्यसको लागि मुख्यत सामाजिक र आर्थिक विकास महत्त्वपूर्ण हुन्छ भन्ने विचारबाट अभिप्रेरित श्रेष्ठले स्थानीय महिलाको सशक्तीकरणका लागि सीपमूलक तालीमको व्यवस्था गराई महिलाद्वारानै बेकरी संचालन गरिएको उदाहरण पनि एक हो।

 

मृदुभाषी अत्यन्तै मिलनसार, समाजसेवी र आफूलाई अत्यन्तै साधारण मानिस सम्झने असल व्यक्तित्वका धनी राजेन्द्र श्रेष्ठ सम्पूर्ण वडाबासीको मनभित्र अटाएका छन्। चैत २८/२९ गते नेकपा एमाले पार्टीले उम्मेदवारका लागि टिकट वितरण गर्दैछ त्यसमा श्रेष्ठले टिकट पाउनुपर्ने देखिन्छ। तर कस्तो निर्णय गरिन्छ त्यसैअनुसार गठबन्धनको चेपुवामा परेको एमालेको भविष्य निर्धारण हुनेछ।

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...