लुम्बिनीमा एकीकृत समाजवादी गठबन्धनबाट आउट



हाम्रो इकोनोमि

 

सत्तारूढ पाँच दलीय गठबन्धनले स्थानीय तहको निर्वाचनमा देशभर गठबन्धन गरेर जाने सहमति गरे पनि लुम्बिनी प्रदेशमा भने नेकपा एकीकृत  समाजवादी बाहेकको गठबन्धन बनेको छ। बुधबार लुम्बिनी प्रदेशसभामा नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा नेकपा एकीकृत समाजवादीबाहेक चार दलका प्रदेशस्तरीय नेताहरुको बैठक बसेको थियो ।

उक्त बैठकमा माओवादी केन्द्रका लुम्बिनी प्रदेश ईन्चार्ज चक्रपाणी खनाल बलदेव, प्रदेश अध्यक्ष सुदर्शन बराल, नेपाली कांग्रेसका प्रदेश सभापति अमरसिंह पुन, जनता समाजवादी पार्टीका प्रदेश अध्यक्ष अशोककुमार यादव र राष्ट्रिय जनमोर्चाका प्रदेश उपाध्यक्ष बद्रे आलमलगायत सहभागी हुँदा एकीकृत समाजवादीबाट भने कोही सहभागी थिएनन् ।बैठकपछि संयुक्त रूपमा जारी गरिएको विज्ञप्तिमा पनि चार दलका प्रदेश अध्यक्षको हस्ताक्षर छ ।

उक्त विज्ञप्तिमा स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरिएको र निर्वाचनलाई लक्षित गरी प्रदेश स्तरीय संयुक्त चुनावी सभा गर्ने निर्णय समेत गरिएको छ । यसअघि मंगलबार गुल्मीको मालिका गाउँपालिकामा अन्य दलहरुको जनआधार न्यून रहेको भन्दै कांग्रेस र माओवादी केन्द्रलाई मात्र पद बाँडफाँड भएको थियो । बैठकमा तत्काल सबै स्थानीय तहमा गठबन्धनको संयन्त्र निर्माण गर्ने, नियमित बैठक बस्ने र मत विश्लेषण सहितको रिपोर्ट पेश गर्ने र स्थानीय पालिका र जिल्लाले गरेका सहमतिहरुलाई सकारात्मक रुपमा ग्रहण गर्ने निर्णय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...

समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...