लुम्बिनीमा एकीकृत समाजवादी गठबन्धनबाट आउट



 

सत्तारूढ पाँच दलीय गठबन्धनले स्थानीय तहको निर्वाचनमा देशभर गठबन्धन गरेर जाने सहमति गरे पनि लुम्बिनी प्रदेशमा भने नेकपा एकीकृत  समाजवादी बाहेकको गठबन्धन बनेको छ। बुधबार लुम्बिनी प्रदेशसभामा नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा नेकपा एकीकृत समाजवादीबाहेक चार दलका प्रदेशस्तरीय नेताहरुको बैठक बसेको थियो ।

उक्त बैठकमा माओवादी केन्द्रका लुम्बिनी प्रदेश ईन्चार्ज चक्रपाणी खनाल बलदेव, प्रदेश अध्यक्ष सुदर्शन बराल, नेपाली कांग्रेसका प्रदेश सभापति अमरसिंह पुन, जनता समाजवादी पार्टीका प्रदेश अध्यक्ष अशोककुमार यादव र राष्ट्रिय जनमोर्चाका प्रदेश उपाध्यक्ष बद्रे आलमलगायत सहभागी हुँदा एकीकृत समाजवादीबाट भने कोही सहभागी थिएनन् ।बैठकपछि संयुक्त रूपमा जारी गरिएको विज्ञप्तिमा पनि चार दलका प्रदेश अध्यक्षको हस्ताक्षर छ ।

उक्त विज्ञप्तिमा स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरिएको र निर्वाचनलाई लक्षित गरी प्रदेश स्तरीय संयुक्त चुनावी सभा गर्ने निर्णय समेत गरिएको छ । यसअघि मंगलबार गुल्मीको मालिका गाउँपालिकामा अन्य दलहरुको जनआधार न्यून रहेको भन्दै कांग्रेस र माओवादी केन्द्रलाई मात्र पद बाँडफाँड भएको थियो । बैठकमा तत्काल सबै स्थानीय तहमा गठबन्धनको संयन्त्र निर्माण गर्ने, नियमित बैठक बस्ने र मत विश्लेषण सहितको रिपोर्ट पेश गर्ने र स्थानीय पालिका र जिल्लाले गरेका सहमतिहरुलाई सकारात्मक रुपमा ग्रहण गर्ने निर्णय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
प्रहरी महानिरीक्षकमा दिपक थापा

    सरकारले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेको

माओवादी तत्काल सरकारमा नजाने

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारमा रहेका पार्टीका प्रमुखसहित

लागू औषध नियन्त्रणका लागि सांसद तामाङको सरकारलाई कडा नीति अपनाउने आग्रह

    प्रतिनिधिसभा सदस्य तारा लामा तामाङले नेपालमा लागू औषध दुर्व्यसन बढ्दै गएको

यौन व्यवसायलाई कानुनी मान्यता दिनुपर्ने घिमिरेको अभिव्यक्तिप्रति आपत्ति

    नेकपा (माओवादी केन्द्र) की सांसद दुर्गा राईले नेपाली कांग्रेसका प्रमुख सचेतक