धर्म र संस्कृति भनेका साझा सम्पती हुन, सबैले संरक्षण गर्नुपर्छ : मन्त्री आले



 

 

 

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धर्म र संस्कृति सबैका साझा सम्पती भएको बताउनु भएको छ । श्रीकृष्ण प्रणामी सेवा समिति नेपालले आयोजना गरेको चर्तुथ शताब्दी महोत्सबलाई सम्बोधन गर्नु हुँदै मन्त्री आलेले नेपालमा बोबासगर्ने सबै नागरिकहरुलाई आ–आफ्नो धर्म, संस्कृतिको रक्षागर्न तथा जगेर्ना अधिकार रहेको बताउनुभयो । उहाँलेभन्नुभयो, “आफ्ना धर्म, संस्कृतिको रक्षा र जगेर्ना गर्न सबैलाई अधिकार छ, धर्म, संस्कृति सबैका साझा सम्पती हुन् ।”
सोही कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री आलेले श्रीकृष्ण प्रणामी सेवा समिति नेपालको बृद्धि बिकास तथा संरचाना निर्माणका लागि आफुले बजेको व्यवस्था गर्ने आश्वासन समेत दिनुभयो । उक्त समितिमा रहेको ४५ रोपनी जमिनमा पर्खाल निर्माणका लागि आवश्यक पर्ने बजेट पनि आगामि वर्षको बजेटमा बिनियोजन गराउने समेत मन्त्री आलेले जानकारी दिनुभयो । यसैक्रममा मन्त्री आलेले राष्ट्रदेश पशुपतिनाथको थप बृद्धि विकासका लागि गुरु योजना तयार गरी काम अगाडी बढाउन तयारी भएको जानकारी दिनुभयो ।

पशुपति क्षेत्रमा काज कृया गर्ने कृयापुत्रीहरुलाई नुहाउदा चिसो, फोहर पानी र दुसित पानी भएको र अब त्यहाँको पानी क्युरिफाइ गरी उनीहरुका लागि शुद्ध र सफा पानीको व्यवस्था मिलाउन लागिएको मन्त्री आलेले बताउनुभयो । पशुपतिनाथ क्षेत्रमा रहेको विश्वरुपा मन्दिर निर्माणका लागि रु ५५ करोडको टेण्टर भइसकेको र अब छिट्टै सिलान्यास गरिने समेत जानकारी दिनुभयो । दुई वर्षदेखि बिभिन्न बाधा अवरोधका कारण रोकिएको उक्त मन्दिर निर्माणको कार्य आफु मन्त्री भएर आएपछि सुचारु गराएको मन्त्री आलेले दाबी गर्नुभयो । सोही कार्यक्रममा बोल्नु हुँदै मन्त्री आलेले धार्मिक क्षेत्र सेवा भएको र मैले गर्ने राजनिती पनि सेवा भएकाले म सेवा गर्न आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मैले गर्ने राजनिती सेवा हो । पेसा होइन, म नागरिकका हितहुने काम गर्न आएको हुँ, सेवा गरेरै फर्किने छु ।” यसैगरी मन्त्री आलेले बिभिन्न धार्मिक स्थलका भवन तथा जमिनहरु केहि ठाउँमा कौडीका भाउँमा बिगतको सरकारले दिएका र कहि हडप्ने काम भएकाले ती हडपिएका र कौडीका भाउँमा दिएका भवन र जमिन सबै फिर्ता ल्याएरै छाड्ने बचन बद्धता गर्नुभयो । विमल विष्ट

प्रतिक्रिया दिनुहोस
रास्वपाले पोखरा र काठमाडौंमा प्रदर्शन गर्ने

    सभापति रवि लामिछाने पक्राउविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पोखरा र

रविपत्नी निकिता पौडेलपनि पोखरा जाँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

   सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी

पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्