७७ जिल्लामै विस्तार भयो क्यान महासंघ



हाम्रो इकोनोमि

 

 

कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघले ७७ जिल्लामै आफ्नो शाखा विस्तार गरेको छ । केही दिन अगाडि हुम्लामा शाखा विस्तार भएसँगै क्यान महासंघको उपस्थिति ७७ जिल्लामा भएको हो ।

२०५८ सालमा हालका अध्यक्ष नवराज कुँवरको नेतृत्वमा क्यान महासंघको पहिलो शाखा रूपन्देहीमा गठन भएको थियो । तर संयोग कुँवरकै नेतृत्वमा महासंघ ७७ जिल्लामा पुगेको छ ।  महासंघ ७७ जिल्लामै पुगेपछि डिजिटल अवेयरनेसलाई अझै बढावा दिने क्यान महासंघका अध्यक्ष नवराज कुँवरले बताए ।

‘डिजिटल नेपालको कुरा गर्दा अहिले हामी ३ पुस्ता छौं,’ उनले आइसिटी समाचारसँग भने, ‘पहिलो पुस्ता (सिनियर सिटीजन), जसलाई सूचना प्रविधिको बारेमा थाहा छैन् । दोस्रो पुस्ता तपाई, हामी, जुन सूचना प्रविधिमा अभ्यस्त हुँदैछौं । अर्को पुस्ता भनेको युवा, जुन सूचना प्रविधिमा खेलेर हुर्किरहेका छन् ।’

अध्यक्ष कुँवरका अनुसार यो तीन पुस्ताको ग्यापलाई कम गर्न क्यान महासंघले हरेक जिल्लामा काम गरिरहेको छ, जसको उद्देश्य डिजिटल सचेतना बढाउने हो ।   नेपालमा सूचना प्रविधिको विकास गर्नमा क्यान महासंघको महत्वपूर्ण भूमिका रहेको छ । सन् १९९२ मा कम्प्युटर एशोसिएसन नेपाल स्थापना भएको थियो । त्यसपछि सन् २०१५ मा कम्प्युटर एशोसिएसन नेपाल महासंघका रूपान्तरण भएको थियो ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...