बेनिघाट रोलाङ गाउँपालिका अध्यक्ष डल्लाकोटी एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रबाट निर्वाचित धादिङको बेनिघाट रोलाङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) नेकपा एमालेमा प्रवेश गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले आज गाउँपालिका अध्यक्ष डल्लाकोटीलाई पार्टीमा प्रवेश गराएका हुन्।

एमाले प्रवेशका लागि गाउँपालिका अध्यक्ष डल्लाकोटी बालकोटस्थित ओली निवास पुगेका थिए। डल्लाकोटी माओवादी केन्द्रको बागमती प्रदेश कमिटी सदस्य पनि थिए। उनी माओवादीमा जानुभन्दा पहिले एमालेमै थिए। १५ वर्षपछि डल्लाकोटी एमालेमै फर्किएका छन्।

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...