पशुपति धर्मसालामा होटल आनन्दसँगको सम्झौता रद्द, बतास समूहले पत्र बुझ्न मानेन



 

 

 

 

पशुपति क्षेत्र विकास कोषले नेपाल–भारतमैत्री पशुपति धर्मसालामा सञ्चालित होटल आनन्द प्रालीसँग धर्मसाला भाडामा सञ्चालन गर्न गरिएको करार सम्झौता रद्द भएको जनाएको छ । पहिलो पक्ष पशुपति क्षेत्र विकास कोष र दोस्रो पक्ष होटेल आनन्द प्रालीकाबीचमा धर्मसाला होटेल सञ्चालनका विषयमा भएका सम्झौतामा लेखिएका बिभिन्न सर्तहरु होटेल आनन्द प्रालीले पालना नगरेको भन्दै उक्त सम्झौता रद्द भएको विकास कोषले जनाएको छ ।

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठकले उक्त सम्झौता रद्द गर्ने निर्णय गरेसँगै विकास कोषले एक सार्वजनिक सूचना प्रकासित गरी सम्झौता रद्द भएको जनाएको छ । पशुपति क्षेत्र विकास कोष र होटेल आनन्द प्रालीबीच भएको सम्झौता रद्द भएको विषयमा लेखिएको पत्र कोषका पदाधिकारी तथा कर्मचारीहरु बुझाउन जाँदा होटेल आनन्द प्राली (बतास समूह) ले बुझन नमानेको पशुपति क्षेत्र विकास कोषका दस्य सचिव डा. मीलनकुमार थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “होटेल आनन्द प्रालीले पशुपति क्षेत्र विकास कोषसँग गरेको सम्झौता अनुसार पालना गरेको पाइएन, कोष सञ्चालक परिषद्को बैठकले सम्झौता रद्द गर्ने निर्णय ग¥यो, सम्झौता रद्द भएको पत्र बुझाउन जाँदा होटल आनन्द प्राली (बतास समूह) ले बुझन मानेन ।”

बतास समूहले सम्झौता रद्द भएको पत्र बुझन नमाने पनि पशुपति क्षेत्र विकास कोषले उक्त समूहको आधिकारीक इमेलमा पत्र पठाईसकेको दाबी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले पशुपति क्षेत्र विकास कोषमार्फत होटल आनन्द प्रालीलाई धर्मसाला खाली गरिदिन गएको बिहीबार नै पत्राचार गरेको भएपनि अहिले सम्म पत्र बुझन नमानेको बताइएको छ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा धर्मसाला भाडामा दिने विषयमा गरिएको सम्झौताका सम्बन्धमा गठित छानबिन समितिले होटल आनन्द प्रालीसँगको सम्झौता खारेजीको सुझाव दिएको थियो । विमल विष्ट

प्रतिक्रिया दिनुहोस
रास्वपाले पोखरा र काठमाडौंमा प्रदर्शन गर्ने

    सभापति रवि लामिछाने पक्राउविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पोखरा र

रविपत्नी निकिता पौडेलपनि पोखरा जाँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

   सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी

पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्