दिल्ली दूतावासमा चुच्चे नक्सा किन नराखेको : अध्यक्ष ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दिल्लीस्थित नेपाली दूतावासमा नेपालको नयाँ नक्सा नराखेकोमा आपत्ति जनाउँदै प्रश्न गरेका छन् ।

आइतबार नेपाल बुद्धिजिवी परिषद्को १० औँ महाधिवेशनको उद्घाटन गर्दै उनले दूतवासमा चुच्चे नभइ बुच्चे नक्सा राखिएको बताए । उनले यस्तो काम वर्तमान सरकारले पटकपटक गरेको पनि बताए ।

‘सम्मानीय प्रधानमन्त्रीले प्रकाशित गरेको एक सय दिनको विवरणमा चुच्चे नक्सा हटाइयो । भौगोलिक अखण्डाप्रतिको यो खेलबाड के साधारण कुरा हो ?’ ओलीले भने, ‘हिजो मात्रै दिल्लीस्थित नेपालको दूतवासमा टाँगिएको फोटोमा त्यहाँ नेपालको बुच्चे नक्सा राखिएको छ, चुच्चे नक्सा हटाइएको छ । योभन्दा राष्ट्रिय दलाली र योभन्दा राष्ट्रको गौरव र शीर निहुर्याउने योभन्दा लज्जाजनक कुरा के हुन्छ ?’

ओलीले प्रधानमन्त्री देउवाको दिल्ली भ्रमणको उद्देश्यको बारेमा समेत प्रश्न गरेका छन् । ‘दिल्ली किन जानुभयो शेरबहादुरजी फर्किएर पछि सोधौंला भनेको थिएँ । यही राष्ट्रिय बेइमानीका लागि जान लाग्नु भएको हो ? के–का लागि जान लाग्नु भएको हो ?,’ ओलीले भने, ‘नेपाल फर्किनुभन्दा अघि दिल्ली दूतावासमा हाम्रो सरकारले संविधान संशोधन गरेर बनाएको नक्सा राखेर वा हटाएर फर्किनु हुन्छ ?’

प्रतिक्रिया दिनुहोस
नागा बाबासहित साधुसन्तलाई गरियो बिदाइ

    महाशिवरात्रिको उपलक्ष्यमा पशुपतिनाथको दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई दान दक्षिणासहित...

बागमती प्रदेशमा एमालेले १८ सीट जित्ने कैलाश ढुंगेलको दावी

    नेकपा एमालेका बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेलले फागुन २१ को...

राम्रो काम सुरु गर्नासाथ सरकार भत्काइहाल्छन् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले एक कार्यकाल पूरा गर्नको लागि चार...

राष्ट्रिय स्वाधीनता खतरामा छ : वर्षमान पुन

    नेपाली कम्युनिस्ट पार्टी नेता वर्षमान पुनले यतिबेला राष्ट्रिय स्वाधीनता संकटमा रहेको...