कृषि विकास निर्देशनालयको हालसम्म २० प्रतिशत मात्र खर्च



हाम्रो इकोनोमि

 

 

बाग्मती प्रदेशको कृषि तथा पशुपन्छी मन्त्रालयअन्तर्गतको कृषि विकास निर्देशनालयले चालु आर्थिक वर्षको फागुनसम्म अर्थात् विगत आठ महिनामा कूल २० प्रतिशत मात्र बजेट खर्च गरेको छ । निर्देशनालयले विगत आठ महिनाको उपलब्ध गराएको प्रगति विवरणानुसार निर्देशनालयका लागि चालु आर्थिक वर्षमा  ५० करोड ५८ लाख ४८ हजार बजेट विनियोजन भएकामा हालसम्म सो निर्देशनालयले रु १५ करोड ९२ लाख ३५ हजार मात्र खर्च गरेको छ ।

सो निर्देशनालयका लागि मन्त्रालयले दोस्रो चौमासिकका लागि  १५ करोड बजेट उपलब्ध गराए पनि उक्त अवधिमा  सात करोड मात्र खर्च भएको निर्देशनालयका प्रमुख रवीन्द्रबहादुर प्रधानले जानकारी दिनुभयो । अर्कोतर्फ सो मन्त्रालयअन्तर्गतको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले चालु आर्थिक वर्षको आठ महिनामा ५१ प्रतिशत रकम खर्च गरेको जनाएको छ । निर्देशनालयका प्रमुख मुगलप्रसाद शाहका अनुसार मन्त्रालयले  तीन करोड ९८ लाख बजेट विनियोजन गरिएकामा  दुई करोड तीन लाख खर्च भएको बताइएको छ ।

पशुपालनमा लाग्ने रोग र त्यसको विकास तथा विभिन्न औजारलगायत अनुदानमा खर्च भएको उहाँको भनाइ छ । प्रयोगशालाका लागि उपकरण खरिदमा ढिलाइ र कर्मचारी कम भएको समस्याले काम गर्न समस्या भएको शाहले बताउनुभयो । उक्त विषयमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. शरण कुमार पाण्डेले निर्देशनालयहरुको वित्तीय प्रगति कमजोर रहेकाले यसको कामलाई तीव्रता दिनुपर्नेमा जोड दिनुभयो । प्रदेशका कृषि र भेटेरिनरी कार्यालय तथा मन्त्रालयबीच समन्वय गरी काम गर्न सकेमात्र उहाँले प्रगति हुने बताउनुभयो । बागमती प्रदेशका विभिन्न स्थानमा देखिएको बर्डफ्लु रोगको नियन्त्रणमा जोड दिइएको समेत सचिव डा. पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...