गठबन्धनबारे राप्रपासँग कुनै कुरा भएको छैन : विष्णु रिजाल



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले स्थानीय तहको चुनावमा केन्द्रबाटै कसैसँग गठबन्धन गरेर नजाने दोहोर्‍याएका छन् । उनले तालमेलको अधिकार जिल्लालाई दिइएको बताए । एमाले कर्णाली प्रदेश कमिटी बैठकमा सहभागी हुन सुर्खेत आएका नेता रिजालले कुनै जिल्लामा कसैसँग तालमेल गर्नु पर्ने भएको खण्डमा प्रदेश कमिटीको अनुमतिमा जिल्ला कमिटीले गर्ने बताए ।

राप्रपा नेता धवल शमसेर राणासँग एमाले अध्यक्ष ओली कर्णाली आउने क्रममा नेपालगञ्जमा भेट भएको र भेटमा ओलीले एमालेको प्रष्ट धारणा राखेको रिजालको भनाइ छ । उहाँले एमालेसाग मिलेर जान सकिन्छ कि भनेर कुरा राख्नुभएको थियो । हाम्रो पार्टीका अध्यक्षले स्पष्ट कुरा राखिसक्नुभएको छ । त्यसका अलावा राप्रपासँग गठबन्धन गर्ने भन्ने कुनै कुरा भएको छैन’, उनको प्रष्टोक्ति छ ।

‘हाम्रो पार्टीको हालै सम्पन्न तेस्रो बैठकमा पार्टी अध्यक्षबाट प्रस्तुत केन्द्रीय कमिटीबाट पारित राजनीतिक प्रतिवेदनमा पार्टीको आगामी चुनावी रणनीतिका बारेमा स्पष्ट ढंगले उल्लेख गरिएको छ । हामीले घोषणा गरेका छौं, केन्द्रीयस्तरमा कुनै गठबन्धन गरेर एमाले चुनावमा जाँदैन । जनताको माया, आफ्नो बल र केपी शर्मा ओलीको दूरदृष्टिको नेतृत्वमा नेकपा एमाले एक्लै निर्वाचनमा जान्छ ।’

‘स्थानीय कमिटीले आवश्यकता ठानेमा स्थानीय तहमा गठबन्धन होइन तालमेलका रुपमा कहीँ कतै निर्वाचनमा मिलेर पनि लड्न सकिन्छ । त्यसका लागि हामीले जिल्लालाई अधिकार दिएका छौं । प्रदेश कमिटीको अनुमतिमा जिल्ला कमिटीले आफ्नो तहमा तालमेलको निर्णय गर्न सक्छ ’, उनले थपे ।

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...