पाटा नेपाल च्याप्टरको चुनाव नरेकिए कानुनी प्रकृयामा जाने



 

 

प्यासिफीक एशिया ट्राभल एसोशियसन अन्त्ररगतको “पाटा नेपाल च्याप्टरका केहि पदाधिकारीहरुले आफुखुसी बिधान संसोधन गरेपछि पाटा नेपाल च्याप्टरका पूर्व अध्यक्ष सुमन पाण्डे लगाएतका अन्य सदस्यहरुले बिरोध गरेका छन ।

निश्पक्ष, स्वतत्र तथा पारदर्शी रुपमा प्रस्तुत हुँदै नयाँ पिढी समेत समावेश गरेर पर्यटकीय सामाग्री उत्पादन, प्रबर्धन, संजाल बिस्तार, ब्राण्ड बिकास, ब्यवसाय बिस्तार, पर्यटकीय शिक्षा, संकट ब्यवस्थापन तथा प्रबिधि, सुचनाको संकलन तथा सम्प्रेषण जस्ता गतिबिधि मार्फत गर्बिलो इतिहास बोकेको, सार्वजनीक निजि साझेदारीमा संचालित एक मात्र संस्था हाल संलग्न ब्यवसायीहरुले एकलौटिकरण गर्दै संस्थालाई आफूमुखि तथा अन्तरनिहित उदेश्यका साथ फरक बिचारलाई अबमूल्यन गर्दैै बन्देज उन्मुख कृयाकलाप  बढाउदै लगेको भन्दै उत्त चुनाव नरेकिए कानुनी प्रकृयामा जाने बताइएको छ ।

उत्त बिज्ञप्तिमा भनिएको छ

बि. सं १९७५ मा स्थापना पश्चात नेपाली पर्यटन क्षेत्रको अन्तर्राष्ट्रियकरण गर्दै बिभिन्न विधामा अग्रणी भुमिका खेल्दै आएको प्यासिफीक एशिया ट्राभल एसोशियसन अन्र्तगतको “पाटा नेपाल च्याप्टर” (PATA Nepal Chapter), संलग्न केहि व्यक्तिहरुको ब्यक्तिगत स्वार्थ तथा अपारदर्शी कृयाकलापहरुका कारण अधोगति तर्फ गईरहेको छ ।

निश्पक्ष, स्वतत्र तथा पारदर्शी रुपमा प्रस्तुत हुँदै नयाँ पिढी समेत समावेश गरेर पर्यटकीय सामाग्री उत्पादन, प्रबर्धन, संजाल बिस्तार, ब्राण्ड बिकास, ब्यवसाय बिस्तार, पर्यटकीय शिक्षा, संकट ब्यवस्थापन तथा प्रबिधि, सुचनाको संकलन तथा सम्प्रेषण जस्ता गतिबिधि मार्फत गर्बिलो इतिहास बोकेको, सार्वजनीक निजि साझेदारीमा संचालित एक मात्र संस्था हाल संलग्न ब्यवसायीहरुले एकलौटिकरण गर्दै संस्थालाई आफूमुखि तथा अन्तरनिहित उदेश्यका साथ फरक बिचारलाई अबमूल्यन गर्दैै बन्देज उन्मुख कृयाकलाप  बढाउदै लगेको समेत कारण यो पत्रकार सम्मेलनको अबस्था सम्म आईपुगेको हो ।

म स्वयम सन २०१३ जनवरी देखि २०१७ डिसेम्वर सम्म ५ बर्ष अध्यक्षको रुपमा कार्यरत रहि बिभिन्न गतिबिधिमा आपसी सहकार्य मार्फत संस्थालाई उच्चतम सफलता उन्मुख बनाउदै बरिष्ठ पर्यटन व्यवसायी, युवा व्यवसायी, उद्यमी, बिद्यार्थी बुद्विजिबि, बिदेशी ब्यक्तित्वहरुको मर्यादापुर्ण सहभागिता  बिधान मार्फत स्थापीत गरेर पाटा नेपाल च्याप्टरलाई पारदर्शी तथा सहभागिता मुलक संस्थाका रुपमा हस्तान्तरण गरेता पनि त्यसपछिका दिनहरुमा अवस्था साँघुरिदै गएको देखियो ।

मिति २०७६।०९।०२ मा सम्पन्न साधारण सभामा भएको निर्वाचनमा कोषाध्यक्ष पदका उम्मेदवार अनुज पाण्डेमाथि तत्कालिन पदाधिकारिहरु र निर्वाचन अधिकृत समेतको मिलोमतोमा भएको कपटपुर्ण जालझेल र उमेदवारीको खारेजीका साथै सो तथ्यलाई अन्तिम सम्म गोप्य राख्दै निर्वाचन तयारीका साथ पार्क भिलेज होटल पुगेका हामि माथि भएको अपमान यूक्त र धम्कीपुर्ण व्यवहारका साथ सम्भाबित अप्रिय घटनावाट बाल बाल बचिएको थियो । सो घटना पश्चात निर्वाचन परिणाम तथा साधारण सभाको बैधानिकता खारेजीका लागि मिति २०७६।०९।२८ मा जिल्ला प्रसाशन कार्यालय काठमाडौमा दिएको निबेदन अझै सम्म कार्वाहीकै शिलशिलामा छ ।

यस पश्चात मिति २०७७।११।२१ मा पार्क भिलेज रिसोर्टमै भएको साधारण सभा मार्फत बैधानिक सदस्यहरुको अत्यन्तै न्यून उपस्थितिका बिच बिधान संसोधन गर्दै प्रतिश्पर्धा तथा सहभागिताको घेरालाई अत्यन्तै साँघुरो बनाउँदै सम्भवत, संलग्न व्यक्तिहरु मात्रै अध्यक्ष तथा पदाधिकारी हुन सक्ने अवस्था सृजना भएको छ । व्यक्तिको संबैधानिक हक प्रदत प्रतिश्पर्धा तथा सहभागिताबाट बिमुख गर्ने यस्तो बिधान संसोधन  खारेज गरियोस भनि मिति ०७७।१२।०२ मा जिल्ला प्रशासन कार्यालय काठमाण्डौंका नाममा पेश गरिएको निबेदन समेत कार्वाहिकै प्रकियामा रहेकोछ ।

यहि चैत्र २८ गते हुन लागेको साधारण सभाको सन्दर्भमा संशोधित बिधान निलम्बन गरेर सहभागी तथा प्रतिश्पर्धामूलक निर्वाचन सम्पन्न गर्नका लागि बिभिन्न माध्यमबाट पहल भइरहेका बेला यहि २०७८।१२।१६ गतेका दिन निर्वाचन कार्यक्रम वितरण गरि सोहि दिन १२ बजे देखि निर्वाचन कार्यक्रम सिमित समय भित्र सम्पन्न गरि निर्धारित ब्यक्क्तिहरुलाई मात्र संलग्न हुने अवसर प्रदान गरेको देखिन्छ । यस्तो दुषित मनसायबाट प्रकाशित निर्वाचन कार्यक्रम स्थगनका लागि मिति २०७८।१२।१६ गतेकै दिन जिल्ला प्रशासन कार्यलयमा निवेदन समेत दर्ता भईसकेको छ ।

उल्लेखित प्रसंगहरुका बाबजुत आपसी छलफलद्वारा सहकार्य गरी संस्थाको हितमा काम गर्न केहि कार्यसमिति सदस्यहरुबाट भएका प्रयासका वाबजुत पनि वर्तमान पदाधिकारिहरु एकलौटी रुपमा अघि बढि सिमित ब्यक्तिहरुकोे घेराबन्दीमा संस्था कब्जा गर्ने प्रयास भएको हुदाँ अब यस परिस्थितिबाट संस्था बचाउनका लागि कानुनी उपचारमा जानुपर्ने अबस्था आएको छ ।

सुमन पाण्डे, पूर्व अध्यक्ष, पाटा नेपाल च्याप्टर तथा अध्यक्ष, एक्प्रोलर हिमालय ट्राभल एण्ड एडभेन्चर

प्रतिक्रिया दिनुहोस
रास्वपाले पोखरा र काठमाडौंमा प्रदर्शन गर्ने

    सभापति रवि लामिछाने पक्राउविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पोखरा र

रविपत्नी निकिता पौडेलपनि पोखरा जाँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

   सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी

पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्