नेकपा एसका उपाध्यक्ष केसीसहित सिंगो टीम एमालेमै फर्कियो



हाम्रो इकोनोमि

 

 

स्थानीय तहको निर्वाचनको मिति नजिकिदै जाँदा दोलखामा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रित्तिन थालेको छ । माधव नेपालतिर लागेर जिल्लामा पार्टी बनाउन जुटनु भएका प्रभावशाली नेता तथा नेकपा एसका उपाध्यक्ष भुवन केसी आज आफ्नो सिंगो टीमसहित नेकपा एमालेमै फर्कनु भएको छ ।

माधव नेपालले छरेको भ्रममा परेर नयाँ पार्टी बनाउन लागेको तर माधवको चाहना कांग्रेसको सेवा गर्ने रहेको तथ्य आफूले बुझेपछि सिंगो टीमसहित एमालेमै फर्किएको केसीले बताउनु भयो । यसैगरी समाजबादिका युवा सघका केन्द्रीय सदस्य श्याम तामाङ पनि सिंगो टीमसहित एमालेमै फर्कनु भएको छ ।

केसी र तामाङसहितका नेताहरुलाई एमाले पोलिटब्यूरो सदस्य तथा पूर्वसञ्चारमन्त्री पार्वत गुरुङसहित केन्द्रीय सदस्य तथा दोलखा इञ्चार्ज सरस्वती बस्नेत, जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठलगायतका एमाले नेताहरुले स्वागत गर्नुभएको छ ।

दोलखा एमालेले नेता गुरुङको नेतृत्वमा समाजवादी र माओवादीतिर लागेका सवै नेता कार्यकर्ता फर्काउने अभियान नै चलाएको छ। यसक्रममा जिल्लाका सवै वडामा नेकपा एक रित्तिदै गएको छ भने माओवादीका चर्चित नेताहरु पनि एमालेतिर आउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...