लुम्बिनीका मुख्यमन्त्रीको सात अर्बको सेटिङ



हाम्रो इकोनोमि

 

 

. नेकपा एमालेले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी भ्रष्टाचारको मुद्दामा मुछिएको भन्दै तत्काल राजीनामाको माग गरेको छ । लुम्बिनी प्रादेशिक अस्पतालको सात अर्बको भवन ठेक्कामा सेटिङ मिलाएर निर्लज्ज ढंगले प्रक्रिया अघि बढाउन खोज्नु र मुख्यमन्त्रीको संलग्नतामा हुनु गम्भीर कमजोरी भएको एमालेको ठहर छ ।

लुम्बिनी प्रादेशिक अस्पतालको भवन ठेक्कामा स्वयं मुख्यमन्त्री केसी नै सेटिङमा सहभागी भइ सरकारलाई डेढ अर्ब नोक्सान पुयाउन संलग्न भएको एमालेको दाबी छ । एमाले लुम्बिनी प्रदेश संसदीय दलले बुधबार पत्रकार सम्मेलन गर्दै लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणका लागि निर्माण कम्पनी छनोट मापदण्डदेखि नै सेटिङ रहेको प्रष्ट भएको जिकिर गरेको छ ।

एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले मुख्यमन्त्री कुल केसी पदमा बसिरहन नैतिकरूपले नमिल्ने बताए । उनले तत्काल पदबाट राजीनामा दिन आग्रह गरे । सरकारका क्रियाकलाप निरन्तर विवादास्पद हुँदै गर्दा प्रदेश पूर्वाधार प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ध्रुव मजगैयालाई हटाएर अनन्तराम घिमिरेलाई नियुक्त गरिएपछि विवादास्पद क्रियाकलापको श्रृंखला सुरू एमालेको भनाइ छ ।

‘विदेशीसँग जेभी गरेर आउने भए सरकारी अस्पतालमा २ हजार वर्गमिटरभन्दा बढीको २ तले बेसमेन्ट बनाएको हुनुपर्ने, नेपाली कम्पनीले एक्लै प्रतिस्पर्धा गर्ने ६ हजार वर्गमिटरमा २ तले बेसमेन्ट निर्माण गरेको अनुभव हुनुपर्ने जस्ता प्रावधानले डबल बेसमेन्ट अस्पताल बनाएका निजी कम्पनीहरु टेण्डरमा सहभागी हुनबाट वञ्चित गरिएको र भिन्ली मककडिकेटड फ्लोरिड काम गरेको हुनुपर्ने, १० जनाभन्दा बढी अट्ने लिफ्ट जडान गरेको योग्यता हुनुपर्ने विषय पनि शंकास्पद र औचित्यहीन देखिएको छ’, एमाले संसदीय दलको विज्ञप्तिमा भनिएको छ ।

साथै घिमिरेको नियुक्तिपछि भएका विवादास्पद क्रियाकलापको बारेमो सोमवार पदबाट राजीनामा दिँदा सार्वजनिक गरेको प्रेस विज्ञप्तिले धेरै विषयलाई स्पष्ट पारेको एमालेले जनाएको छ । प्राधिकरणका कार्यकारी अधिकृत घिमिरेले अस्पतालको भवन निर्माण ठेक्कामा सेटिङ भएकोले ठेक्का प्रक्रिया खारेज गर्दै राजीनामा दिएको घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...