गठबन्धनले एमालेलाई कुनै असर पर्दैन : अध्यक्ष ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक्लै एमालेसँग लड्ने अब नेपालमा कुनै पनि पार्टीले सोच्नसम्म नसक्ने बताएका छन् । सरकारमा रहेका दलहरूले त्यही सोचेर एमालेविरुद्ध गठबन्धन बनाउने अवस्थामा पुगेको उनको दाबी छ ।

व्यवसायी एवं एमाले नेता दुर्गा प्रसाईंले सूर्यविनायकमा सुरू गरेको तरकारी बजार उद्घाटन गर्दै ओलीले भने, ‘एक्लै एमालेसँग लड्ने कुरा अब नेपालका कुनै पनि पार्टीले नचिताए हुन्छ । सोच्दै नसोचे हुन्छ । त्यसकारण गठबन्धन गर्न जरुरी छ । उहाँहरूले बुझेको यतिसम्म जरुरी छ । गठबन्धन नगरी एमालेसँग लड्न सकिन्न भनेर यतिसम्म बुझेको ठीक छ । गठबन्धन गर्नैपर्छ उहाँहरूले ।’ अध्यक्ष ओली सत्तारूढ दलहरूबीचमा चुनावमा गठबन्धन हुँदा एमालेलाई कुनै फरक नपर्ने दाबी गरे ।

कतिपय साथीहरूलाई लाग्नसक्छ गठबन्धन गरेका छन् कतै अप्ठ्यारो पर्छ की ?’ उनले भने,‘मैले भन्ने गरेको छु, यदि एउटा तराजुमा एक-एक किलोका पाँचवटा ढक एकातिर क्विन्टलको ढक एकातिर राखे के हुन्छ ?’ उनले एमाले क्विन्टलको ढकजस्तो रहेको र अन्य दल एक किलोका ढकजस्तो रहेको बताए ।

पाँचवटा दलहरू मिलेर चुनावमा आउँदा एमालेलाई झन सहज हुने उनले दाबी गरे । उनले भने, ‘हामीलाई पनि साह्रै बच्चा भयो भने गाह्रो हुन्छ । पाँचजना थपिदैथपिदै आउनुभयो भने अलि बराबरबराबर लड्नपनि सजिलो हुन्छ सोझै लड्न पाइयो नि !’

पाँचजना अलगअलग हुँदा निहुरिएर लडाईं गर्दा झ्याउ हुने पनि उनले बताए । ‘पाँचजना भयो भने निहुरिएर बच्चाबच्चासँग कताकता लडाई गर्ने ? निहुरिएर लडाई गर्नुपर्छ,’ उनले भने । सत्ता गठबन्धनका दलहरूले गठबन्धन गर्ने भने पनि सजिलो भने नरहेको अध्यक्ष ओलीले बताए । उनले भने,‘यो त गठबन्धन भनेका हुन, गठबन्धन गर्न सजिलो छैन् ।’ लोभीपापीहरूको गठबन्धन बनाउन र जोगाउन गाह्रो हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...