१५ हजार माओवादी पूर्वलडाकु सहित २२ हजार युवा एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले प्रवेशका लागि १५ हजार भन्दा बढी माओवादीका पूर्वलडाकुहरु काठमाडौं आएका छन् । भक्तपुरमा आज हुने कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व लडाकुहरुलाई एमाले प्रवेश गराउने कार्यक्रम रहेको छ ।

एमाले केन्द्रीय सदस्य तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले एमाले प्रवेश गर्ने पूर्वलडाकुहरुको व्यवस्थापन गर्नुभएको छ । प्रसाईंका अनुसार आज सांकेतिकरुपमा युवाहरुलाई उत्पादनसँग जोड्ने कार्यक्रम (कृषि बजार उदघाटन) कै अवसरमा पूर्वलडाकुलाई एमाले प्रवेश गराउन लागिएको हो ।

 

प्रसाईंले पूर्वी नेपालका धेरै जिल्लासहित लुम्बिनी र सुदूरपश्चिममा समेत पूर्वमाओवादीलाई एमालेमा ल्याउनुभएको छ । एमाले नेता प्रसाईं माओवादी पृष्ठभूमिकै हुनुहुन्छ । देशभरका युवाहरुलाई उत्पादनसँग जोडने र एमालेमा भित्र्याउने अभियान प्रसाईंले चलाउनु भएको छ । निर्वाचनको मुखैमा प्रसाईको पहलमा आज २२ हजार युवाहरुलाई एमालेप्रवेश गराउने प्रसाईंले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...