सांसदसहित विभिन्न दलका ५ हजार बढी नेता-कार्यकर्ता एमालेमा प्रबेश



हाम्रो इकोनोमि

 

 

प्रतिनिधिसभा सदस्य वृजेशकुमार गुप्तासहित विभिन्न पार्टीका नेता, कार्यकर्तालाई पार्टीमा स्वागत गर्न एमाले अध्यक्ष केपी शर्मा ओली सोमबार कपिलवस्तु आउँदै हुनुहुन्छ । एमाले लुम्बिनी प्रदेश कमिटीले दिएको जानकारी अनुसार संघीय सांसद गुप्तासहित सत्ता गठबन्धनका केन्द्र, प्रदेश र जिल्लाका नेतासहित विभिन्न व्यक्तिहरुलाई पार्टी प्रवेश गराउन अध्यक्ष ओली कपिलवस्तु आउन लाग्नुभएको हो ।

एमाले कपिलवस्तुले पार्टी अध्यक्ष ओली जिल्लामा आउने भएपछि चुनावी सभाको आयोजना गरी अन्य पार्टीका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउने योजना बनाएको छ । एमालेका केन्द्रीय सदस्य तथा कपिलवस्तु इन्चार्ज वलराम अधिकारीले सोमबारको चुनावी सभाले कपिलवस्तुका १० वटै स्थानीय तहमा एमालेले पकड जमाउन सक्षम भएको सन्देश दिने वताउनु भयो ।

चुनावी सभामार्फत संघीय सांसद गुप्ता, प्रदेश सांसद धर्म वहादुरलाल श्रीवास्तव सहित क्षेत्र नं २ र १ वाट पाँच हजार वढी अगुवा कार्यकर्ता एमालेमा प्रवेश गर्ने सो पार्टीले जनाएको छ । यसअघि समाजसेवी मंगलप्रसाद गुप्तासहित चार हजार बढीलाई टीका लगाएर स्वागत गर्न अध्यक्ष ओली तीन महिना पहिले कपिलवस्तु आउनु भएको थियो ।

अध्यक्ष ओली आज बिहान भैरहवामा आयोजित पार्टी प्रवेश तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ । भैरहवाको कार्यक्रम सकेर दिउँसो उहाँ तौलिहवा जानुहुनेछ । एमाले केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज भूमिश्वर ढकालका अनुसार ओली आज साँझ फर्केर बुटवल बस्ने कार्यक्रम रहेको छ ।

त्यस्तै मंगलबार बिहान तिलोत्तमा नगरपालिकास्थित शंकरनगर वनबाटिकाभित्र निर्माण भएको भ्यू टावर उदघाटन, होटल ड्रिमल्याण्डमा आयोजना हुने भूपूसैनिक तथा प्रहरी संगठनको केन्द्रीय महाधिवेशनको उदघाटन कार्यक्रम र दिउँसो लुम्बिनीमा वृहत पार्टी प्रवेश कार्यक्रम तथा सम्बोधन कार्यक्रममा अध्यक्ष ओली सहभागी हुने कार्यक्रम तय भएको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिकामा जसपाबाट निर्वाचित तीनजना वडाध्यक्ष, एक दर्जन वडासदस्यका जनप्रतिनिधिसहित ठूलो संख्यामा एमालेमा प्रवेशको कार्यक्रम तय भएको एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...