सर्लाहीमा बस दुर्घटना, ४ जनाको मृत्यु



हाम्रो इकोनोमि

 

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फुलजोरमा आइतबार यात्रुबाहक बस पल्टिँदा चार जनाको मृत्यु भएको छ । बसमा सवार २५ जनाभन्दा बढी यात्रु घाइते भएको प्रारम्भिक जानकारी आएको छ । वीरगन्जबाट जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ८५५५ नम्बरको यात्रुवाहक बस आइतबार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फुलजोरस्थित फुलजोर खोलाको बार भत्काउँदै खोलामा खस्दा दुर्घटना भएको हो ।

गुडिरहेको बस एक्कासि खोलामा खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख केदारमान दोङले बताए । दुर्घटनामा मृत्यु हुनेहरुको पहिचान खुल्न सकेको छैन । मृतकहरुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको र दुर्घटनामा घाइते भएकाहरुको लालबन्दीस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

प्रहरी निरीक्षक दोङले दुर्घटनाबारे यकिन विवरण संकलनको काम भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...