वरिष्ठ नेता पौडेल पक्षको छुट्टै छलफल



हाम्रो इकोनोमि

 

 

कांग्रेस केन्द्रीय समिति बैठकको पूर्व तयारीका लागि वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षका नेताहरुको छुट्टै बैठक बोलाएका छन् । पौडेल निवास बोहोराटारमा बैठक जारी रहेको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । बैठकमा केन्द्रीय सदस्य शशांक कोइराला, दीपक गिरी र पौडेल निकट केही जिल्ला सभापतिहरु सहभागी छन् ।

कांग्रेस केन्द्रीय समितिको बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्दै छ । सो बैठकमा चुनावमा उम्मेदवारहरुलाई टिकट बाँड्ने समिति गठन, चुनावमा गठबन्धन गर्ने कि नगर्ने लगायतका विषयमा छलफल हुँदै छ । तिनै विषयमा आफ्नो धारणा बनाउन पौडेलले आफू निकटका नेताहरुको बैठक बसालेको उनी निकट एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...