मन्त्री आलेको निमन्त्रणा सलामद्धारा स्वीकार, सगरमाथा आरोहण गर्ने प्रतिबद्धता



 

 

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विश्वको सर्वोच्व शिखर सगरमाथा आरोहणका लागि भारतीय अभिनेता (बलिउड सुपर स्टार) सलमान खानलाई निमन्त्रणा दिनु भएको छ । ओडीसी इन्टरटेनमेन्ट परिवार लाजिमपाटले आज बुधबार सोल्टी होटेलमा आयोजना गरेको मन्त्री आले र अभिनेता सलमानबीचको भिडियो सम्बादमा मन्त्री आलेले सगरमाथा आरोहणका लागि निमन्त्रणा दिनु भएको थियो ।

उक्त सम्बादका क्रममा मन्त्री आलेले विश्वको सर्वोच्व शिखर सगरमाथा आरोणका लागि आउन आफुले निमन्त्रणा दिएको बताउनु भएको थियो । उहाँले भन्नुभयो, “सलमान जी सगरमाथा विश्वमै सर्वोच्च शिखरका नामले चर्चित छ, सगरमाथा आरोहण सहित सगरमाथा क्षेत्रमा हवाइयात्रा गर्नका लागि म निमन्त्रणा गर्दछु ।” सोही सम्बादका क्रममा मन्त्री आलेले नेपालमा तपाइका धेरै फ्यान रहेका र नेपालमा आएर यहाँका बिभिन्न पर्यटकिय क्षेत्रहरुमा टिभी सो सुटिङ् गर्न पनि खानलाई आग्रह गर्नुभयो । पछिल्लो समय नेपालमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण करिब करिब शुन्य जस्तै बनेकाले नेपाल अहिले खुला भएको समेत जानकारी गराउनुभयो ।

नेपाल कला, संस्कृति तथा पर्यटनका दृष्टिकोणले निकै धनी मुलुक भएकाले यहाँको पर्यटन प्रबद्धनका लागि भएपनि नेपालमा आएर आफ्ना टिभी सो तथा फिलिम छायाङ्क गरिदिन सलमान सहित अन्य कलाकारलाई मन्त्री आलेले आग्रह गर्नु भएको थियो । सोही क्रममा मन्त्री आलेले सलमान खानका ‘बिबि हो तो एैसी, तेरे नाम, दबङ्, टाइगर अभि जिन्दा हे’ जस्ता फिलिमहरुका बारेमा प्रशङ्सा गर्नु भएको थियो । मन्त्री आलेले दिनु भएको निमन्त्रणा स्वीकार गर्नु हुँदै भारतीय अभिनेता खानले आफु नेपाल आउने र विश्वको सर्वोच्व शिखर सगरमाथा आरोहण गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “म केही समयमा नेपाल आउछु, तपाइले दिनु भएको निमन्त्रणा अनुसार सगरमाथा आरोहण गर्ने छु र भ्रमण गर्ने छु ।” यसैगरी अभिनेता खानले मन्त्रीको आलेको यो प्रस्तावलाई सकारात्मक रुपमा लिनु हुँदै नेपाल सुन्दर देश रहेको र यसको पर्यटन प्रवद्र्धनमा आफ्नो तर्फबाट सहयोग गर्ने बचन बद्धता दिनुभयो ।

अभिनेता खानले आफू काठमाडौँको दशरथ रङ्गशालामा हुने कार्यक्रमका लागि आगामी जेठ १४ गते नेपाल आउन लागेको जानकारी समेत दिनुभयो । साथै उहाँले यसअघि पटकपटक नेपाल आउन आग्रह गरिएको भएपनि बिभिन्न परिस्थितका कारण समय नमिलेका आउन नसकेको र यसपटक आउन एकदमै उत्साहित रहेको बताउनुभयो । करिब १० मिनेट भएको उक्त भिडियो सम्बाद (भर्चुअल कुराकानी) मा मन्त्री आलेले आफू अभिनेता खानको ठूलो फ्यान भएको र प्रायः अधिकांश फिल्म हेरेको र खान विश्व चर्चित अभिनेता भएका कारण सलमान खानले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउँदा देशलाई ठूलो फाइदा हुने बताउनु भएको थियो । आगमी जेठ १४ गते दशरथ रङ्गशालामा हुने ‘दबङ रिलोडेड टुर’ का लागि ओडीसी इन्टरटेनमेन्टले भामरतीय अभिनेता सलमान खानलाई नेपाल ल्याउन लागेको हो । विमल विष्ट

प्रतिक्रिया दिनुहोस
रास्वपाले पोखरा र काठमाडौंमा प्रदर्शन गर्ने

    सभापति रवि लामिछाने पक्राउविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पोखरा र

रविपत्नी निकिता पौडेलपनि पोखरा जाँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

   सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी

पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्