१५ वर्षपछि प्रेमबहादुर सिंह एमालेमै फर्किए
तत्कालीन एमालेका महासचिव माधवकुमार नेपालले अन्याय गरेर एमालेबाट निकालेका प्रेमबहादुर सिंह १५ वर्षपछि आफ्नै घर फर्किए फर्किएका छन । उनले यो बीचमा बनाएको सिंगो पार्टी नै एमालेमा विलय गराउँदै एमाले प्रवेशको निर्णय लिएका हुन । उनले एमाले प्रवेशको क्रममा सम्बाेधन गर्ने क्रममा पनि तत्कालीन नेतृत्वको अन्यायपूर्ण व्यवहार गरेपछि बाहिरिनुपरेको बताए ।
सिंह नेतृत्वको समाजवादी जनता पार्टी नेकपा एमालेमा विलय भएको छ । अध्यक्ष सिंहसहित सिंगो पार्टी पंक्ति नै एमालेमा विलय भएको हो ।उनलाई आज काठमाडौंमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड २०७३ सालमा प्रधानमन्त्री हुँदा उनी खानेपानीमन्त्रि बनेका थिए ।