एमाले पोलिटब्यूरो बैठकमा वाम एकताको प्रस्ताव



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको पोलिटब्यूरो बैठकमा वामपन्थी पार्टीबीच एकता गर्ने कि दुई दलीय अभ्यासमा जाने भन्ने विषयमा फरक कोणबाट छलफल भएको छ । बैठकमा स्थायी कमिटी सदस्य घनश्याम भुसाल र रघुजी पन्तले वामपन्थी एकताको प्रस्ताव गरेका छन् । भुसाल र पन्त १० बुँदे सहमति गरेर नेकपा एमालेमा रहने समूहका नेता तथा तत्कालीन कार्यदलका सदस्यहरू पनि हुन् । दुवै नेताले अध्यक्ष केपी शर्मा ओलीलाई वामपन्थी एकताको पहल लिन आग्रह गरेको एक पोलिटब्यूरो सदस्यले बताए ।

प्रचण्ड-माधव नेतृत्वसहित अन्य वाम पार्टीहरूबीच एमालेले एकताको नेतृत्व गर्नुपर्ने र पार्टी एकता सम्भव नभए चुनावी एकतासम्म गर्न सकिने प्रस्ताव बैठकमा आएको छ । भुसाल र पन्तको सो प्रस्तावमा पोलिटब्यूरो सदस्य महेश बस्नेतले भने फरक मत राखेका थिए ।

उनले प्रचण्ड-माधव समूहमा रहेका कार्यकर्तालाई एमालेमा प्रवेश गर्न आह्वान गर्ने र देशभर नेकपा एकताको निरन्तरताका रुपमा माओवादी पंक्तिलाई एमालेमा समेट्ने बताए । उनले नेता मिलाएर पार्टी बलियो नहुने भन्दै कार्यकर्तालाई एमालेमा ल्याउने तर अहिले प्रचण्ड माधवसँग सहकार्य गर्न नसकिने बताएका थिए ।

उनले अध्यक्ष केपी शर्मा ओलीको प्रतिवेदनमा पनि नेपालमा अब दुईध्रुवीय राजनीति रहेकाले दुई पार्टी प्रणालीमा जाने गरी थप गर्न सुझाव दिएका छन् । बैठकमा स्थायी कमिटी सदस्य हिक्मत कार्कीले पनि वामपन्थी एकताको कुरा कर्णप्रीय भए पनि विगतका गल्ती समीक्षा नगरी प्रचण्ड-माधव समूहसँग एकताको कुराको अर्थ नहुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
नागा बाबासहित साधुसन्तलाई गरियो बिदाइ

    महाशिवरात्रिको उपलक्ष्यमा पशुपतिनाथको दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई दान दक्षिणासहित...

बागमती प्रदेशमा एमालेले १८ सीट जित्ने कैलाश ढुंगेलको दावी

    नेकपा एमालेका बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेलले फागुन २१ को...

राम्रो काम सुरु गर्नासाथ सरकार भत्काइहाल्छन् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले एक कार्यकाल पूरा गर्नको लागि चार...

राष्ट्रिय स्वाधीनता खतरामा छ : वर्षमान पुन

    नेपाली कम्युनिस्ट पार्टी नेता वर्षमान पुनले यतिबेला राष्ट्रिय स्वाधीनता संकटमा रहेको...