चीनमा १३३ यात्रु बोकेको जहाज दुर्घटना



हाम्रो इकोनोमि

 

 

चीनमा सोमबार यात्रुवाहक हवाइजहाज दुर्घटनामा परेको छ। युनान प्रान्तको राजधानी कुनमिङबाट ग्वान्जाओका लागि उडेको चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७ जहाज गुवाङ्सी प्रान्तमा एउटा पहाडी जंगलमा दुर्घटनाग्रस्त भएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

चीनको नागरिक उड्डयन प्राधिकरणले जहाजमा १२३ जना यात्रु र ९ जना चालक दलका सदस्य रहेको पुष्टी गरेको छ।

दुर्घटनामा पहाडको जंगलमा आगो लागेको भिडिओ चिनियाँ सामाजिक सञ्जाल प्रयोगकर्ताले इन्टरनेटमा राखेका छन्।

ग्लोबल टाइम्सका अनुसार स्थानीय समयअनुसार दिउँसो सवा १ बजे कुनमिङबाट उडेको जहाज तीन बजेर ७ मिनेटमा ग्वान्जाओ पुग्ने समय तालिका थियो।

साढे ६ वर्षदेखि उडान थालेको उक्त जहाजमा १६२ सिट थिए।

चीनले पछिल्लो समय हवाई उड्ययनलाई निकै सुरक्षित बनाएको थियो। सोमबारको दुर्घटना वर्षौंपछि चिनियाँ आकाशमा भएको ठूलो दुर्घटना हो।

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...