चीनमा १३३ यात्रु बोकेको जहाज दुर्घटना



हाम्रो इकोनोमि

 

 

चीनमा सोमबार यात्रुवाहक हवाइजहाज दुर्घटनामा परेको छ। युनान प्रान्तको राजधानी कुनमिङबाट ग्वान्जाओका लागि उडेको चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७ जहाज गुवाङ्सी प्रान्तमा एउटा पहाडी जंगलमा दुर्घटनाग्रस्त भएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

चीनको नागरिक उड्डयन प्राधिकरणले जहाजमा १२३ जना यात्रु र ९ जना चालक दलका सदस्य रहेको पुष्टी गरेको छ।

दुर्घटनामा पहाडको जंगलमा आगो लागेको भिडिओ चिनियाँ सामाजिक सञ्जाल प्रयोगकर्ताले इन्टरनेटमा राखेका छन्।

ग्लोबल टाइम्सका अनुसार स्थानीय समयअनुसार दिउँसो सवा १ बजे कुनमिङबाट उडेको जहाज तीन बजेर ७ मिनेटमा ग्वान्जाओ पुग्ने समय तालिका थियो।

साढे ६ वर्षदेखि उडान थालेको उक्त जहाजमा १६२ सिट थिए।

चीनले पछिल्लो समय हवाई उड्ययनलाई निकै सुरक्षित बनाएको थियो। सोमबारको दुर्घटना वर्षौंपछि चिनियाँ आकाशमा भएको ठूलो दुर्घटना हो।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...