एमालेको पहिलो पोलिटब्यूरो बैठक शुरू, के भने अध्यक्ष ओलीले



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको पहिलो पोलिटब्यूरो बैठक शुरू भएको छ । बबरमहलस्थित कार्की ब्यांकेटमा शुरू भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् । अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनमा मतपेटिकालाई आफ्नो आँखाबाट ओझेल हुन नदिने बताएका छन । बैठकलाई सम्बोधन गर्दै ओलीले आफूहरूको आँखाअगाडि जतिबेलै मतपेटिका हुनुपर्ने बताएका हुन् ।

उनले ०७४ सालको निर्वाचनमा भरतपुर महानगरपालिकामा भएको जस्तो हुनसक्ने भन्दै सजग रहन आग्रह गरे । उनले भनेका छन, ‘यसपल्ट हामी मतपेपटिका आँखाबाट ओझेल हुन दिन्नौँ । हाम्रो आँखा अगाडि मतपेटिका हुनुपर्छ ।

हाम्रो आँखा अघि मत हालिनुपर्छ । हाम्रो आँखा अगाडि मत गनिनुपर्छ । यदी विश्वास भएको भए यी सबै कुराहरू गर्नै पर्दैनथ्यो । गोप्य मतदान किन? यो विश्वास नभएर हो त?’ ओलीले नेकपा एमाले देशभित्र मात्र होइन देशबाहिर पनि स्पष्ट विचार, दृष्टिकोण, सुदृढ अडान र देशप्रति समर्पित पार्टी भएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...