दुई वडाध्यक्षसहित दजनौं नेता–कार्यकर्ता एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

 

वीरगञ्ज महानगरका मेयर विजय सरावगी एमाले प्रवेश गरेसगै थप दुई वडाका वडाध्यक्षसहित दजनौं जनप्रतिनिधि एवं नेता–कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् ।

महानगरपालिका– २८ का वडाध्यक्ष जयनारायणसिंह कुर्मी र वडा नम्बर २५ का वडाध्यक्ष विश्वराजप्रसाद कुर्मीसहितका नेता कार्यकर्ता एमालेमा प्रवेश गर्नुभएको हो ।

एमाले प्रवेश गर्नेहरुमा जसपा प्रदेश सदस्य अजय साह, पर्साका जिल्ला समन्वय समितिका सदस्य अमोर यादवसँगै विभिन्न वडाका वडा सदस्यहरु रहेको एमाले पर्साले जनाएको छ । उहाँहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्नुभएको छ । ओलीनिवास बालकोटमा एक कार्यक्रमबीच उहाँहरु एमाले प्रवेश गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...