सांसदसहित माओवादीको नगर कमिटी एमालेमा बिलय

हाम्रो इकोनोमि

निवर्तमान सांसद ठम्मर विष्टसहित नेकपा (माओवादी केन्द्र) को नगर कमिटी तथा नेकपा (एकीकृत समाजवादी) र नेपाली काङ्ग्रेसका दर्जनौँ नेता कार्यकर्ताले नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

वीरेन्द्रनगरस्थित सुर्खेत सभा गृहमा आइतबार आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा विष्टसहित नेता कार्यकर्तालाई एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य यामलाल कँडेललगायतले स्वागत गर्नुभएको हो । माओवादी केन्द्रको गुर्भाकोट नगर कमिटी एमालेमा समाहित हुनुको साथै एस र काङ्ग्रेस परित्याग गरेर विष्टसहित, जनक सुनार, गोरख शाही, रतन बिक, चन्द्रा बुढा, श्याम कँडेललगायतले एमालेमा प्रवेश गर्नुभएको छ । माओवादी केन्द्र गुर्भाकोट नगर कमिटीका अध्यक्ष मोती बिकले एमालेमा कमिटीलाई समाहित गर्नुभएको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुर्खेत पुगेकै दिन माओवादी प्रदेश सभा सदस्य ठम्मर बिष्टले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको थियो । पार्टी प्रवेश गर्दै विष्टले एमाले नेता कार्यकर्तासामू सम्बोधनसमेत गर्नुभएको छ । राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, विकास र समृद्धि तर्फ हालको पार्टी नेतृत्व लाग्न नसकेको, पहिला कार्यकर्तालाई सडकमा पठाएर पछि अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट एमसीसी पारित गरिनुलगायतको कारण आफूले पार्टी छोडेको विष्टले बताउने गर्नुभएको छ ।

यसैगरी, पार्टीले पार्टी संरचना तथा सरकारमा नैतिक पतन व्यक्तिहरुलाई जिम्मेवारी दिइएको लगायतका कारण सरकार छोडेको उहाँको भनाई छ । खासगरी पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रदेश सभा संसदीय दलमा जानकारी नै नगराई यसअघि मुर्ति चोरीको अभियोग प्रमाणित भइसकेका कार्चेन लामालाई गैर–सांसद मन्त्री बनाएपछि उहाँ रुष्ट हुनुहुन्थ्यो । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदा बिष्ट पार्टी केन्द्रीय सदस्यको जिम्मेवारी लिएर अध्यक्ष केपी ओलीको पक्षमा लाग्नुभएको थियो । तर अदालतले पार्टी छुट्टाछुट्टै गराइदिएसँगै माओवादी केन्द्रमा फर्किनुभएको थियो ।

सुर्खेत, चैत्र ६ । निवर्तमान सांसद ठम्मर विष्टसहित नेकपा (माओवादी केन्द्र) को नगर कमिटी तथा नेकपा (एकीकृत समाजवादी) र नेपाली काङ्ग्रेसका दर्जनौँ नेता कार्यकर्ताले नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

वीरेन्द्रनगरस्थित सुर्खेत सभा गृहमा आइतबार आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा विष्टसहित नेता कार्यकर्तालाई एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य यामलाल कँडेललगायतले स्वागत गर्नुभएको हो । माओवादी केन्द्रको गुर्भाकोट नगर कमिटी एमालेमा समाहित हुनुको साथै एस र काङ्ग्रेस परित्याग गरेर विष्टसहित, जनक सुनार, गोरख शाही, रतन बिक, चन्द्रा बुढा, श्याम कँडेललगायतले एमालेमा प्रवेश गर्नुभएको छ । माओवादी केन्द्र गुर्भाकोट नगर कमिटीका अध्यक्ष मोती बिकले एमालेमा कमिटीलाई समाहित गर्नुभएको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुर्खेत पुगेकै दिन माओवादी प्रदेश सभा सदस्य ठम्मर बिष्टले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको थियो । पार्टी प्रवेश गर्दै विष्टले एमाले नेता कार्यकर्तासामू सम्बोधनसमेत गर्नुभएको छ । राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, विकास र समृद्धि तर्फ हालको पार्टी नेतृत्व लाग्न नसकेको, पहिला कार्यकर्तालाई सडकमा पठाएर पछि अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट एमसीसी पारित गरिनुलगायतको कारण आफूले पार्टी छोडेको विष्टले बताउने गर्नुभएको छ ।

यसैगरी, पार्टीले पार्टी संरचना तथा सरकारमा नैतिक पतन व्यक्तिहरुलाई जिम्मेवारी दिइएको लगायतका कारण सरकार छोडेको उहाँको भनाई छ । खासगरी पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रदेश सभा संसदीय दलमा जानकारी नै नगराई यसअघि मुर्ति चोरीको अभियोग प्रमाणित भइसकेका कार्चेन लामालाई गैर–सांसद मन्त्री बनाएपछि उहाँ रुष्ट हुनुहुन्थ्यो । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदा बिष्ट पार्टी केन्द्रीय सदस्यको जिम्मेवारी लिएर अध्यक्ष केपी ओलीको पक्षमा लाग्नुभएको थियो । तर अदालतले पार्टी छुट्टाछुट्टै गराइदिएसँगै माओवादी केन्द्रमा फर्किनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...