विप्लवको पार्टी फुटने संकेत, नेताहरु एमालेमा जाने तयारी



हाम्रो इकोनोमि

 

 

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको जारी केन्द्रीय समिति बैठकमा महासचिव नेत्रविक्रम चन्द विप्लवले पेश गरेको राजनीतिक प्रस्ताव क्रान्ति विरोधी र विभाजनकारी भएको नेताहरुले धारणा राखेका छन् । शुक्रबार बाँडिएको प्रस्तावमा चुनावमा सहभागी हुने भनिएको थियो । उक्त प्रस्ताव अध्ययनको लागि भन्दै शनिबार केन्द्रीय सदस्यहरुलाई बाँडिएको थियो । प्रस्तावमाथि धारणा राख्दै सचिवालय सदस्यहरुले नै प्रस्ताव क्रान्ति विरोधी र विभाजनकारी भएको आरोप लगाउँदै फिर्ता लिन सुझाव दिएका छन् । नेताहरु धर्मेन्द्र बास्तोला, हेमन्तप्रकाश ओली र सन्तोष बुढा एमालेमा प्रवेश गर्ने तयारी भएको स्रोतको दाबी छ ।

आजको बैठकमा विप्लवले पेश गरेको प्रस्तावमाथि केन्द्रीय सदस्यहरुले धारणा राख्ने भनिएको थियो । तर, बहुसंख्या केन्द्रीय सदस्यहरुले प्रस्तावमाथि सचिवालय सदस्यहरुकै धारणा आउनुपर्ने माग राखेका थिए । सो मागअनुसार आज सचिवालय सदस्य धर्मेन्द्र बास्तोला, हेमन्तप्रकाश ओली र सन्तोष बुढाले धारणा राखिसकेका छन् । बास्तोला र ओलीले महासचिवको प्रस्ताव क्रान्ति विरोधी भएको बताउँदै फिर्ता लिन आग्रह गरेका छन् ।

एक केन्द्रीय सदस्यका अनुसार नेता बास्तोलाले महासचिव विप्लवको प्रस्तावमाथि धारणा राख्दै भने, “महासचिव कमरेडको चुनावमा सहभागी हुनेगरी आएको राजनीतिक प्रस्ताव क्रान्ति विरोधी छ, पार्टी विभाजनकारी छ । प्रस्ताव फिर्ता लिएर क्रान्ति र पार्टीको रक्षा गर्नुस् ।” उनले चुनावमा सहभागी हुन सोँच क्रान्ति विरोधी भएको समेत बताए । त्यसैगरी सचिवालय सदस्य ओलीले विप्लवको प्रस्ताव देश र जनताले अपेक्षाको विरुद्धमा भएको बताए । प्रस्तावले क्रान्तिकारी कार्यभार पूरा नगर्ने बताउँदै फिर्ता लिएर चुनाव बहिस्कारको कार्यक्रम बनाउनुपर्ने बताए ।

‘चुनावमा जाने महासचिवको प्रस्ताव देश र जनताले हामीसँग गरेको अपेक्षाको विरुद्धमा छ । यसले पार्टीलाई विभाजनमा लैजान्छ । यो प्रस्ताव फिर्ता लिएर चुनाव बहिस्कारको योजनासहितको प्रस्ताव ल्याउने आग्रह गर्दछु ।’ ओलीले भने । अर्का सचिवलाय सदस्य बुढाले भने आज भनाई फेरेका छन् । सचिवालय बैठकमा विप्लवको प्रस्तावको विरुद्धमा बोलेका बुढाले नेतृत्वले धोका नदिने भन्दै चुनाव उपयोग गर्न सकिने धारणा राखे ।

अब बैठकमा सचिवालय सदस्य खड्कबहादुर विश्वकर्मा र महासचिव विप्लवले बोल्ने बाँकी छ ।आज सचिवालय सदस्यहरुले बोलेपछि भोलिबाट केन्द्रीय सदस्यहरुले धारणा राख्ने एक नेताले जानकारी दिए । सदस्यहरुले बोलेपछि भोलिबाट केन्द्रीय सदस्यहरुले धारणा राख्ने एक नेताले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...