अदालतले बनाइदिएको गठबन्धन जनताले पछार्नेछ : अध्यक्ष ओली



हाम्रो इकोनोमि

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वाेच्च अदालतकोपरमादेशबाट बनाइ दिएको पाँच दलीय गठबन्धन र सरकारलाई जनताको आँगनमा लगेर पछार्ने घोषणा गर्नुभएको छ । एमाले सम्पर्क समन्वय कमिटीले आज काठमाडौंमा आयोजित प्रशिक्षणमा बोल्दै अध्यक्ष ओलीले यस्तो घोषणा गर्नुभएको हो ।

‘बैशाख ३० गते हुने स्थानीय निर्वाचनबाट संघ र प्रदेशको निर्वाचनको झलक दिनु छ, ताकि यिनीहरुलाई निन्द्रा लाग्न छाडोस, खान रुच्न छाडोस, अदालतले बनाएको गठबन्धन र सरकारलाई जनताको आँगनमा लगेर पछार्नुपर्छ,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘यो अदालतले बनाइदिएको गठबन्धन हो । जनताले हो र गठबन्धन बनाइदिएको रु भोटले हो र ? यस्तालाई जनताको आँगनमा लगेर पछार्नुपर्छ । अदालतले बनाएको सरकारलाई मुद्दा लड्न जाउ भन्ने हो, हामी जनताको बीचमा जाने हो ।’

उहाँले अवको चुनावमा कांग्रेसलाई १३ सिटमा झार्नु पर्ने बताउनु भयो । ‘अघिल्लो चुनावमा कांग्रेसले २३ सिट जितेको थियो, २३ बाट १३ मा झारिदिनुपर्छ अवको चुनावमा,’ ओलीले भन्नुभयो, ‘अव कांग्रेसलाई किन हाल्ने भोट । बृद्धबृद्धाले कांग्रेसलाई भोट हाल्दैनन, भत्ता खाने बेला भइसकेको छ अव कांग्रेसलाई किन हाल्ने भोट भन्छन, हाल्दैनन, युवाले पनि यस्तोबितण्डा मच्चाउनेलाई किन भोट हाल्नेभन्छन, हाल्दैनन ।’

अध्यक्ष ओलीले पाँच दललाई गिद्धको संज्ञा पनि दिनुभयो । ‘एउटा गिद्ध घरको घुरीमा बस्यो भने पुजा गर्छन, के के गर्छन, यहाँ त पाँच पाँच ओटा बसेका छन,’ ओलीले भन्नुभयो । उहाँले महाभारतको नाबालक अभिमन्यूलाई महारथी मिलेर चक्रब्यूँहमा पारी मारेको प्रसंग कोट्याउँदै अहिलेको अभिमन्यूलाई त्यो संभव नहुने बताउनु भयो ।

‘त्यो अभिमन्यू नाबालक थियो, चक्रब्यूँहमा पून मात्रै आउँथ्यो, निस्कन आउँदैनथियो, अहिलेको अभिमन्यूलाई चक्रब्यूँह तोडेर पस्न पनि आउँछ, तोडेर निस्कन पनि आउँछ । यस्ता चक्रब्यूँहले हामीलाई रोक्न सक्दैन,’ ओलीले भन्नुभयो ।

उहाँले कांग्रेससँग जनतासँग जाने कुनै एजेण्डा नरहेकाले एमालेको भण्डाफोर गर्ने नीति लिएको भन्दै आउने स्थानीय चुनावमा एमालेले बहुमत सिट जित्नै पर्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...