६ दलको गठबन्धन बनाएर आए हुन्छ : महासचिव पोखरेल



 

 

नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनले एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने भन्दै ६ वटा पार्टीको गठबन्धन बनाएर चुनाव लड्न चुनौति दिनुभएको छ ।

एमाले सम्पर्क समन्वय कमिटीले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो चुनौती दिनुभएको हो । महासचिव पोखरेलले चुनावमा एमालेसँग पाँच दलीय गठबन्धनले मात्रै प्रतिस्पर्धा गर्न नसक्ने तथ्य उजागर भइसकेकोले अव ६ वटा पार्टीको गठबन्धन बनाएर एमालेबिरुद्ध चुनाव लड्न सत्ता गठबन्धनलाई चुनौति दिनुभयो ।

महासचिव पोखरेलले अहिले सत्ता गठबन्धनले चुनाबसम्मै मिलेर जाने र एमालेलाई देखाइदिने बताउँदै आएको भन्दै एमालेसँग चुनाव लड्न पाँच वटा पार्टीको गठबन्धनले पुग्दैन भने अरु पनि पार्टी थपेर मिलेर आउन चुनौति दिनुभयो । एमाले चुनाबमा एक्लै सामना गर्नको लागि तयार भएको भन्दै देशभर एमालेको पक्षमा उर्लिएको जनलहर आएको बताउनु भयो । उहाँले एमालेलाई रोक्नका लागि अघि बढेका पुष्पकमल दाहाल र माधव नेपालको अवरोध चिर्दै एमालेलाई सानदार बिजयी बनाउने शक्ति तयार भइसकेको घोषणा पनि गर्नुभयो ।

‘सत्ता गठबन्धनका केही नेताहरु चुनावसम्मै मिलेर जान्छौं, एमालेलाई देखाइदिन्छौं भनिरहेका छन । हामी प्रष्ट रुपमा भन्न चाहन्छौं मिलेर आए हुन्छ । पाँच वटा पार्टीको गठबन्धनले पुग्दैन भने अरु थपे हुन्छ । नेकपा एमाले एक्लै सामना गर्नको लागि तयार छ । यो फोर्स त्यही सामना गर्नको लागि जुटेको छ भन्ने कुरा सबैले बुझे हुन्छ । यो त एउटा कास्टिङ मात्रै हो,’ महासचिव पोखरेलले भन्नुभयो ।

महासचिव पोखरेलले चुनावपछि परमादेशको शक्ति ढल्ने ठोकुवा पनि गर्नुभयो । ‘बैशाख ११ गते स्थानीय तहको मनोनयको दिन देशैभरीका निर्वाचन केन्द्रमा उर्लेको भीड देख्नुहुनेछ । सिहंदरबारमा बसेर गठबन्धनको कुरा गरेर जनताको अभिमतलाई खण्डित गर्न खोज्नेहरुको समय समाप्त हुदैछ भनेर संकेत ११ गतेबाटै आरम्भ हुनेछ,’ पोखरेलले भन्नुभयो, ‘एमालेलाई रोक्न खोज्ने सवै शक्ति जनताको मतबाट परास्त हुनेछन, हामी बिजयको झण्डा फहराएर जनताको सेवामा दृढ हुने छौं ।

प्रचण्ड र माधव नेपालको समृद्धि रोकेर बिदेसीको सेवामा लिप्त रहेको तथ्यहरु उजागर भइसकेको तथ्य पनि महासचिव पोखरेलले राख्नुभयो । उहाँले आफ्नो दलको सरकार ढालेर प्रतिक्रियावादीको पाउमा बुझाउने कलंकित नेताका रुपमा प्रचण्ड–माधवलाई सवैले चिनिसकेको पनि बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
रुकुम पश्चिममा बस दुर्घटना, ९ जना घाइते

    काठमाडौंबाट राडीतर्फ आउँदै गरेको बस रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-११ रिठामा दुर्घटना

हामीसँग ३२ सीटको म्याजिक संख्या छ : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीसँग ३२ सीटको

एमाले इलामको अध्यक्षमा गणेश बराल निर्वाचित

     नेकपा एमाले इलामको ११ औं जिल्ला अधिवेशनले गणेश बराललाई अध्यक्षमा चयन

जनताको रोजाईको पार्टी एमाले : शंकर पोखरेल

    नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेकपा एमाले जनताको रोजाइको पार्टी