धादिङमा कांग्रेसको १२ नेता एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेस घादिङका १२ नेता नेकपा एमाले प्रवेश गरेका छन । नेकपा एमालेका युवा नेता बाबु छत्कुलीका अनुसार नेपाली कांग्रेसमा क्रियाशिल रहेका नेत्रावती गाउँपालिका र निलकण्ठ नगरपालिकाका नेताहरू एमाले प्रवेश गरेका हुन ।

छत्कुलीका अनुसार नेपाली काँग्रेसबाट वडा अध्यक्षको उम्मेदवार बनेका नेत्रावती डबजोङ गाउँपालिका वडा नं. ५ का कालू गुरुङ सहित निलकण्ठ नगरपालिका वडा नम्बर १३ का रोशन गुरुङ, दिपक गुरुङ, अनिल गुरुङ, विकास गुरुङ, प्रेम गुरुङ, राजेश गुरुङ, विकास दाहाल, प्रदिप तामाङ, रामुसिंह तामाङ, सञ्चु घले र सन्तु घले रहेका छन ।

कांग्रेस छाडेर नेकपा एमालेका प्रवेश गरेका नेताहरूलाई नेकपा एमालेका महासचिव शंकर पोखरेल, एमाले बागमती प्रदेशका इन्चार्ज काशिनाथ अधिकारी, धादिङका अध्यक्ष भूमि त्रिपाठी लगायतले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...