माओवादीको सिंगो जिल्ला पार्टी कमिटी नै एमालेमा बिलय



हाम्रो इकोनोमि

 

 

बागलुङमा नेकपा माओवादी केन्द्रको सिंगो पार्टी कमिटी नै एमालेमा प्रवेश गरेको छ । जिल्लाको काठेखोला गाउँपालिका वडा नं. ३ धम्जाको नेकपा माओवादी केन्द्रको वार्ड कमिटी नै विहिवार नेकपा एमालेमा समाहित भएको हो ।

धम्जामा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्र काठेखोला-३ वार्ड कमिटीका अध्यक्ष देवेन्द्र खत्रीले नेकपा एमाले काठेखोला-३ का इन्चार्ज खुम वहादुर भण्डारीलाई पार्टीको वार्ड कमिटीको माइन्युट हस्तान्तरण गरी पुरै कमिटी एमालेमा समाहित भएको घोषणा गरे ।

नेकपा माओवादी केन्द्रले जनताको भावना विपरित कार्य अगाडि बढाएको भन्दै आफुसहित सिंगो वार्ड कमिटी नै एमालेमा समाहित भएको खड्काले वताए ।

एमालेका जिल्ला सचिवालय सदस्य एवं धम्जा इन्चार्ज भण्डारीले एमालेमा समाहित सवैलाई पार्टीले न्यायपूर्ण जिम्मेवारी दिने वताए । उनले धम्जामा नेकपा एमालेप्रति प्रवेश गर्नेहरुको संख्या बढ्दै गएको जानकारी दिए ।

सोही अवसरमा नेकपा माओवादी केन्द्र काठेखोला गाउँ कमिटीका उपाध्यक्ष विष्णु खड्का सहितका नेता तथा कार्यकर्ताहरुलाई एमालेका जिल्ला अध्यक्ष हिरावहादुर केसी, गण्डकी प्रदेश कमिटी सदस्य डिल्लीराज गौतम, जिल्ला सदस्य अमर थापा, गाउँ पार्टी कमिटीका अध्यक्ष डिलवहादुर कार्की लगायतका नेताहरुले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
नागा बाबासहित साधुसन्तलाई गरियो बिदाइ

    महाशिवरात्रिको उपलक्ष्यमा पशुपतिनाथको दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई दान दक्षिणासहित...

बागमती प्रदेशमा एमालेले १८ सीट जित्ने कैलाश ढुंगेलको दावी

    नेकपा एमालेका बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेलले फागुन २१ को...

राम्रो काम सुरु गर्नासाथ सरकार भत्काइहाल्छन् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले एक कार्यकाल पूरा गर्नको लागि चार...

राष्ट्रिय स्वाधीनता खतरामा छ : वर्षमान पुन

    नेपाली कम्युनिस्ट पार्टी नेता वर्षमान पुनले यतिबेला राष्ट्रिय स्वाधीनता संकटमा रहेको...