राजीनामा दिनुपर्ने प्रावधानमा एमालेको गम्भिर आपत्ति



हाम्रो इकोनोमि

 

 

 निर्वाचन आयोगले स्थानीय तह चुनावमा उम्मेद्वार बन्न अहिलेका जनप्रतिनिधिले पदबाट राजीनामा दिनु पर्ने व्यवस्था गरेकोमा नेकपा एमालेले आपत्ति जनाएको छ ।

निर्वाचन आयोगले स्थानीय तह चुनावका लागि जारी गरेको निर्वाचन आचारसंहितामा बहालवाला जनप्रतिनिधिले उम्मेद्वारी दर्ता गराउने हो भने पहिला पदबाट राजीनामा दिनु पर्ने व्यवस्था गरेको छ । यो व्यवस्थाप्रति आपत्ति जनाउँदै एमाले उपमहासचिव विष्णु रिमालले प्रश्न गर्नुभएको छ ।

‘प्रधानमन्त्रीले चुनाव लड्दा पद खाली गर्नु पर्दैन, स्थानीय तहका ‘प्रधानमन्त्री’ पालिका अध्यक्ष वा मेयरहरुले चाहिँ चुनावमा जानुअघि पद खाली गरी जनतालाई दिनुपर्ने सेवा नै बन्द गर्नु पर्ने किन ?’ निर्वाचनमा जाँदा पद्को दुरुपयोग नहोस् भन्ने बारेमा सोच्नु पर्ने तर त्यसलाई देखाएर काम नै रोक्नु ठीक नहुने उहाँको भनाइ छ ।

रिमालले कुनैपनि सेवा अबरुद्ध नहोस् भनेर अवधि सकिनु २ महिना अघि चुनाव गर्नुपर्ने कानुनी प्रावधान राख्ने, तर त्यही कानुन विपरीत पद खाली गर्ने प्रावधान आचारसंहितामा किन राख्ने ? भन्दै अर्को प्रश्न पनि गर्नूभएको छ ।

आयोगले जारी गरेको आचारसंहिताको परिच्छेद ९ को ३६ नम्बर दफामा उल्लेख छ ‘कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा सुविधा वा पारिश्रमिक पाउने गरी बहाल रहेको निर्वाचित वा मनोनित पदाधिकारीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ता गर्नु अगावै वहाल रहेको पदबाट राजीनामा गर्नु पर्नेछ ।’

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...