होलीमा उपत्यकामा ३५ सय बढी प्रहरी खटिने



हाम्रो इकोनोमि

 

बिहीबार होलीको अवसरलाई पारेर प्रहरीले सुरक्षा व्यवस्था तयार पारेको छ । होलीका विभिन्न कार्यक्रमलाई मध्यनजरमा राख्दै प्रहरीले सुरक्षा व्यवस्था तयार गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जनाएका छन् ।

गत दुई वर्षमा कोरोनाभाइरस महामारीका कारण होली धेरै भीडभाड गरेर मानिएको थिएन । यसपालि भने कुनै पनि प्रतिबन्ध नभएकाले धेरै भीड हुने अनुमान गरिएको छ ।

प्रहरीले त्यसैलाई मध्यनजरमा राखेर सुरक्षा व्यवस्था गरेको हो । जसमा उपत्यकामा मात्रै ३५ सय बढी प्रहरी परिचालन गर्न लागिएको राठोरले जनाएका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँले मात्रै १७ सय बढी, ललितपुरबाट ६ सय बढी र भक्तपुरमा ४ सय बढी प्रहरी परिचालन गर्ने तयारी रहेको एसपी राठौरको भनाइ छ ।

प्रहरीले स्वभाविक भीडको आंकलन गरेर होलीमा सुरक्षा व्यवस्था गरेको हो । त्यस्तै, होलीको दिनमा सवारी साधन चलाउँदा हुने लापरवाहीका लागि पनि प्रहरी खटाइने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट चेकिङ गर्न ३ सय ट्राफिक प्रहरी खटाइने उनले बताए । त्यसैगरी, ट्राफिक चेकिङ पनि बढाएर थप ६८ स्थानमा गरिने राठौरले जनाए ।

त्यस्तै, उच्छृंखल गतिविधि गरे सवारी साधन वा मानिसलाई नै पनि केही घण्टा होल्ड गर्ने सकिने उनले बताए । राठौरका अनुसार महानगरीय अपराध महाशाखाबाट पनि एक सय बढी सादा पोशाकमा खटाइनेछ ।

४४ ठाउँमा मोबाइल भ्यान, ७३ कन्ट्रोल रूम भेहिकल (सिआरभी) र ७९ वटा मोटरसाइकल गस्ती समेत गरिने तथा साइकल गस्ती पनि हुने प्रहरीको भनाइ छ ।

त्यस्तै, सामुदायिक टोलीले माइकिङ, ब्यानरहरूको माध्यमबाट जनचेतना फैलाउने कामहरू पनि गर्ने प्रहरीको तयारी छ ।प्रहरीले कसैको अनुमति र इच्छाविपरीत जबरजस्ती रङ नहाल्न र लोलाले नहाल्न अनुरोध गरेको छ ।

महिला, पर्यटक, बालबालिकाहरूलाई पनि जबर्जस्ती रङ दलेर अनावश्यक हैरानी नदिन पनि प्रहरीले अनुरोध गरेको छ ।त्यस्तै, कुनै पनि घटना घटेमा प्रहरी कन्ट्रोल नम्बर १०० मा फो गर्न पनि प्रहरीको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...