खप्तड प्रकृतिको अनुपम उपहार हो, माष्टरप्लान बनाएर यसको विकास गरौँ : मन्त्री आले



 

 

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमको चार जिल्लाहरु बझाङ, बाजुरा, अछाम तथा डोटीको सङ्गम स्थल खप्तड प्रकृतिको अनुपम उपहार भएको बताउनु भएको छ । खप्तड पर्यटन विकास समिति द्वारा आयोजित “खप्तडको पर्यटन विकासका लागि अन्तक्रिया” कार्यक्रमलाई काठमाडौँमा सम्बोधन गर्नु हुँदै मन्त्री आलेले खप्तड जस्तो प्राकृतिक सुन्दरता भएको ठाउँमा अरु कतै नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी स्वीजरल्याण्ड, सिङ्गापुर घुम्न गइरहेका छौँ तर त्यो नेचुरल होइन, कृतिम हो, हाम्रै देशमा भएका प्रकृतिले दिएका खप्तड, रारा जस्ता नेचुरल ठाउँको विकास गरौँ, पर्यटकहरु आउने छन् ।”

 

सोही कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री आलेले रकमान्तर भयो भने खप्तडको विकासका लागि आफुले केही बजेट यसैपाली छुट्टयाएर अर्थमन्त्रालयमा पठाएको समेत जानकारी दिनुभयो । उहाँले थप भन्नुभयो, “आगामी वर्षको बजेटका लागि खप्तडको माष्टरप्लान बनाएर दिएको खण्डमा थप बजेट विनियोजन गर्न सकिने छ ।” खप्तडको समग्र विकासका लागि विगतमा पनि राष्ट्रिय योजना आयोगका माननीय सुसिल भट्टलाई आग्रह गरी सिलगढीदेखि झिग्राना सम्म पर्यटकको सहजताका लागि सडक निर्माणका लागि रु ३६ करोड बजेट विनियोजन गराएको थिए । यसैगरी मन्त्री आलेले खप्तडमा पर्यटकहरु सहज रुपमा भित्रयाउनका लागि के गर्न सकिन्छ सो विषयमा खप्तड पर्यटन विकास समितिले आफ्नो माष्टरप्लान बनाओस र आफु पर्यटन मन्त्री भएका कारण आफुले गर्न सक्ने काम आफु गर्न तयार रहेको आश्वासन समेत दिनुभयो ।

 

यसैगरी मन्त्री आलेले गौतमबुद्ध जन्मेको देश, सगरमाथाको देश भनेर चिनिने हाम्रो देश नेपाल अनि निर्मलपुर्ज जस्ता व्यक्तिहरु जो १४ औँ पटक हिमाल चढ्नुभयो यस्ता व्यक्ति भएको देश नेपाललाई विश्वसामु चिनाउनका लागि आफु अहोरात्र खटिएको समेत जानकारी दिनुभयो । खप्तड सहित देशका बिभिन्न क्षेत्रमा रहेका प्रकृतिका अनुपम उपहारहरुको विकास, संरक्षणका लागि आफु लागि परेको उहाँको भनाइ थियो । आफु संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रीका हैसियतले देशमा रहेका सबै पर्यटकिय क्षेत्रको विकासका लागि सधै अग्रसर रहने बचन दिनुभयो । हाम्रो देशको हावा पानी र सुन्दर क्षेत्रहरु अरु ठाउँमा नभएकाले हामी सबै मिलेर हाम्रा पर्यटकिय क्षेत्रको विकासका लागि लागि पर्नु पर्ने उहाँको भनाइ थियो । आफु मन्त्री भएर आइसकेपछि रु ८७ करोड क्यासिनोबाट उठाउनु पर्ने सरकारको रोयल्टी उडाएको समेत मन्त्री आलेले दावी गर्नुभयो । यसैगरी मन्त्री आलेले एक साता अघि एडिबीका कन्ट्री डाइरेक्टर अर्नाओटलाई आफुले खप्तड लगेको र धनगढी, खुटिया, दिपायल, बझाङ् चैनपुर हुदै उरैताक्लाकोट चाइना सम्म पुग्न जम्मा ३४० किमी भएकाले उक्त दु्रर्तमार्गको सहयोग र सपोर्टका लागि आफुले आग्रह गरेको बताउनुभयो ।

 

यसैगरी सो कार्यक्रमका सभापति तथा खप्तड पर्यटन विकास समिति अध्यक्ष हर्कबहादुर सिंहले खप्तडको विकासका लागि आफुहरु सबै निकायहरुसँग सहकार्य गरी अगाडी बढ्न तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “खप्तड क्षेत्रको विकासका लागि हामी सबै निकायसँग सहकार्य र समन्वयका लागि तयार छौँ, खप्तडको मात्रै विकास गर्न सके सुदूरपश्चिम विकासका दृष्टिले कायापलट हुने छ ।” यसैगरी अध्यक्ष सिंहले खप्तडमा आउने पर्यटकले कम्तीमा पनि त्यहाँ दुइ तीन दिन बास बस्न सके खप्तडको बास्तबिक उपहार चिन्न सक्ने जानकारी दिनुभयो । विमल विष्ट

 

प्रतिक्रिया दिनुहोस
रास्वपाले पोखरा र काठमाडौंमा प्रदर्शन गर्ने

    सभापति रवि लामिछाने पक्राउविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पोखरा र

रविपत्नी निकिता पौडेलपनि पोखरा जाँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

   सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी

पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्