मन्त्री आलेद्धारा डोटीका दुइ जना विरामीको उपचारका लागि आर्थिक सहयोग



हाम्रो इकोनोमि

 

 

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले डोटीका दुइ जना विरामीलाई उपचारका लागि रु ३० हजार आर्थिक सहयोग प्रदान गर्नु भएको छ । डोटीको सायल गाउँपालिका–५ घोघातलकी ४८ वर्षीया कृष्णादेबी साउद तथा डोटीकै दिपायल सिलगढी नगरपालिका–९ कलेनाका ४८ वर्षीय ईन्द्रबहादुर साउदको उपचारका लागि मन्त्री आलेले आर्थिक सहयोग प्रदान गर्नु भएको छ ।

यहि फागुन ३ गते माटोको ढिस्कोले पुरिएर मेरुदण्डको तीन ठाउँमा भाचिएर राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा उपचार गराइ रहनु भएकी कृष्णदेवीको अवस्था बुझन मन्त्री आले ट्रमा सेन्टरमा पुग्नु भइ उहाँको उपचारका लागि आफ्नो व्यक्तिगत तर्फबाट रु १५ हजार प्रदान गर्नु भएको हो । यसैगरी खुट्टामा एक्टीनो माइकोसिस (ढुसी) नामक सङ्क्रमणको समस्या देखिएर राष्ट्रिय ट्रमा सेन्टरमै पुग्नु भएका ४८ वर्षीय ईन्द्रबहादुर लाई पनि उपचारका लागि मन्त्री आलेले रु १५ हजार आर्थिक सहयोग प्रदान गर्नु भएको हो ।

साउदको करिब १२ वर्ष पहिले दायाँ खुट्टामा चोट लागेको र अहिले आएर उक्त चोटकै कारण दाहिने खुट्टामा एक्टीनो माइकोसिस (ढुसी) नामक सङ्क्रमण देखिएको र खुट्टा नै काट्नु पर्ने अवस्था देखिएको राष्ट्रिय ट्रमा सेन्टरका चिकिसकहरुले जानकारी दिएका छन् । मन्त्री आलेले हाललाई दुबै जना बिरामीको चेक जाँचका लागि भन्दै केही उपचार सहयोग दिनु भएको र बिरामीको थप उपचारका लागि आफुले पहल गर्ने बचन बद्धता व्यक्त गर्नु भएको मन्त्री आलेको सचिवालयले जनाएको छ ।

मन्त्री आलेले हाल सम्म सुदूरपश्चिम र मध्यपश्चिमका गरी कम्तीमा पनि एक हजार जना भन्दा बढी विरामीलाई उपचारका लागि आफ्नो व्यक्तिगततर्फबाट आर्थिक सहयोग प्रदान गरी सक्नु भएको छ । आफ्नो गृह जिल्ला डोटी तथा सुदूरपश्चिमका नागरिकहरु विरामी परि उपचारका लागि काठमाडौँ आउदा आर्थिक सहयोगका लागि मन्त्री आलेकै घरमा पुग्ने गरेको उहाँका स्वकीय अधिकृत भक्तबहादुर साउदले जानकारी दिनुभयो । विमल विष्ट

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...