सुदूरपश्चिमका पहाडी जिल्लामा वायुसेवाको जहाज चल्दा यात्रुलाई सहज



 

 

 

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशन पछि सुदूरपश्चिमका तीन जिल्लाहरु बझाङको चैनपुर, अछामको साँफे तथा डोटीको दिपायल विमनस्थलमा नेपाल वायुसेवा निगमको जहाज सञ्चालन भएपछि यात्रुहरुलाई निकै सहज भएको छ । मन्त्री आलेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हाले पछि सुदूरपश्चिमका पहाडी जिल्लामा नेपाल वायुसेवाको जहाज मार्फत नियमित सेवा दिन निर्देशन दिनुभएसँगै अहिले यहाँका तीन जिल्लाहरु बझाङ, अछाम तथा डोटीमा हप्तामा दुइ पटक उडान हुने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण धनगढी स्थित गेटा विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मन्त्री ज्युको निर्देशन पछि हामीले यहाँका तीन जिल्लामा हप्तामा दुइ पटक सोमवार र शुक्रबार नियमित उडान सुरु भएको छ, र बाजुरा जिल्लामा यात्रु सङ्ख्याका आधारमा उडान गर्ने गरेका छौँ ।” नेपाल वायुसेवा निगमले सुदूरपश्चिमका तीन जिल्लामा आफ्नो हवाइ उडान सुरु गरेपछि यात्रुहरुलाई पनि सहज हुनुका साथै यात्रु सङ्ख्यामा बृद्धि भएको गेटा विमानस्थल कार्यालयले जनाएको छ । यात्रु अभाव तथा जहाजको कमि भएको भन्दै नेपाल वायुसेवा निगमले सुदूरपश्चिममा केही समय पहिलेदेखि आफ्नो उडान सेवा बन्द गरेपछि निजी क्षेत्रका केही कम्पनीहरुले यात्रु सङ्ख्याका आधारमा कहिले काँही उडान भर्दै आएका थिए ।

सुदूरपश्चिमका पहाडी जिल्लामा कालोपत्र गरिएका विमानस्थल मध्ये बैतडीको पाटन विमानस्थलमा भने नेपाल वायुसेवा निगमले अहिले सम्म पनि आफ्नो हवाइ उडान सेवा सुचारु गर्न सकेको छैन् । नेपाल वायुसेवाले उडान गर्न नसकेका कारण उक्त विमानस्थलमा निजी क्षेत्रको हवाइ सेवा प्रदायक कम्पनी समिट एअरले उडान गर्ने गरेको बताइएको छ । सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा नियमित जहाज सञ्चालनका लागि गृहकार्य सुरु भइरहेको नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “हाललाई सुदूरपश्चिममा साप्ताहिक रुपमा जहाज सञ्चालनका लागि नेपालगञ्ज बस्ने गरी वायुसेवाको एउटा जहाज पठाइएको छभने केही समय भित्र यात्रु सङ्ख्याका आधारमा नियमित उडान गर्ने गरी तयारी हुँदैछ ।”

घर छेवइमा विमानस्थल भएपनि जहाज नआउदा निकै दुःखीत भएका सुदूरपश्चिमका नागरिकहरु अहिले नेपाल वायुसेवाले जहाज सञ्चालन गरेपछि यात्रा गर्नका लागि सहज भएको भन्दै निकै खुशी भएका डोटीको दिपायल सिलगढी नगरपालिका–३ का गणेशबहादुर साउदले बताउनुभयो । उहाँले भन्नुभयो, “विमानस्थल कालोपत्र भएको वर्षौ भएको थियो तर जहाज नआउदा दुःख लागेको थियो, अहिले आफ्नै क्षेत्रको प्रेम आले पर्यटनमन्त्री भएपछि जहाज आउन थाल्यो, यात्रा गर्न सहज भएको छ, हामी पनि खुशी भएका छौँ ।” दिपायल सहित यहाँका अन्य जिल्लामा रहेका विमानस्थलहरुको थप बिस्तार तथा स्तरोन्नतीका लागि पनि मन्त्री आलेले बजेट विनियोजन गरी काम सुरु हुने प्रक्रियामा पुगेपछि नागरिकहरुमा झनै खुशीयाली थपिनुका साथै इमेरजेन्सी उपचारका लागि लैजानु पर्ने विरामीदेखि अन्य नागरिकलाई यात्राका लागि सहज भएको अछामका स्थानीयवासी तथा सञ्चारकर्मी विष्णु भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “विमानस्थलमा जहाज नचल्दा इमेरजेन्सी उपचारका लागि लैजानु पर्ने विरामीदेखि अन्य नागरिकलाई यात्रा गर्दा निकै समस्या थियो, पैसा हुनेले हेली बुकिङ् गथ्र्ये । नहुनेको अकालमै ज्यान जाने गर्दथ्यो, अहिले जहाज सञ्चालन पछि सबैलाई सहज भएको छ ।”

विमल विष्ट

 

प्रतिक्रिया दिनुहोस
रास्वपाले पोखरा र काठमाडौंमा प्रदर्शन गर्ने

    सभापति रवि लामिछाने पक्राउविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पोखरा र

रविपत्नी निकिता पौडेलपनि पोखरा जाँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

   सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी

पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्