एमालेमाथि चौतर्फी आक्रमण भइरहेको छ : शंकर पोखरेल



हाम्रो इकोनोमि

 

 

एमाले महासचिव शंकर पोखरेलले आफ्नो पार्टीमाथि चौतर्फी आक्रमण भइरहेको बताउनुभएको छ । नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले एमालेमाथि आक्रमण भइरहेको बताउनुभएको हो ।

एमाले अध्यक्ष केपी ओलीको लोकप्रियता देखेर ओलीका समकक्षी नेताहरू पूर्वाग्राही भएर प्रस्तुत भएको आरोप लगाउनुभएको उहाँले प्रतिनिधिसभा विघटनको औचित्य पुष्टि हुँदै गएको बताउनुभयो । ‘अध्यक्ष ओली प्रधानमन्त्री हुँदा सरकारलाई काम गर्न नदिने, लफडा गरिरहने । अनि संसद विघटन गरेर चुनाव जान खोज्दा प्रतिगन भनियो,’ महासचिव पोखरेलले भन्नुभयो, ‘अहिले प्रचण्ड र माधवकुमार नेपाल संसद विघटन गरेर चुनावमा जाने कुरा गनए थालेका छन् ।

यसले हिजो एमालेले चालेको कदमको औचित्य पुष्टि हुँदै गएको छ ।’ एमसीसी पास गर्न गरियो घोषणापत्रको कुनै औचित्य नरहेको भन्दै उहाँले थप्नुभयो, ‘घोषणापत्र प्रचण्ड र माधवकुमारको कार्यकर्तासामू ‘लाज छोप्ने टालो’ मात्र हो ।’

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...