मेयरसहित ५ हजार नेता कार्यकता एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रले मोरङको रंगेली नगरपालिकाको मेयर दीलिपकुमार अग्रवाल आज एमाले प्रवेश गर्दै हुनुहुन्छ । मेयर अग्रवाललाई एमालेमा स्वागत गर्न अध्यक्ष केपी शर्मा ओली आज विराटनगर जाँदै हुनुहुन्छ । अग्रवालसँगै हजारौँ नेता कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्न लागेको मोरङ एमालेले जनाएको छ । एमाले प्रवेश गर्न लागेपछि हिजो माओवादी केन्द्रले मेयर अग्रवाललाई कारबाही गरेको थियो ।

माओवादीले उहाँलाई पार्टीबाट निष्कासन गर्दै दुई महिनापछि रिक्त हुन लागेको मेयर पदबाट हटाउन निर्वाचन आयोगलाई पत्राचार गर्ने निर्णय गरेको थियो ।तत्कालीन नेकपा विभाजनसँगै अग्रवाल केपी ओली पक्षसँग नजिकिनु भएको थियो । रंगेलीको मेयर निर्वाचित हुनुअघि अग्रवाल राजनीतिमा सक्रिय हुनुभएको थिएन ।

मोरङमा पछिल्लो समय एमाले प्रबेश गर्नेको लहर नै चलेको छ ।एमाले मोरङले जिल्लाका सबै वडाका टोल टोलमा पार्टी कमिटी गठन गर्न निर्देशन दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...