माधव नेपालले भने संसद विघटन गरौं



हाम्रो इकोनोमि

 

 

सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेले संसद चल्न नदिएर आफूहरुलाई दुःख दिने काम गरिरहेको भन्दै यस्तो अवस्था रहे संसद विघटन गरेर ‘अर्ली इलेक्सन’मा जानुपर्ने बताएका छन् ।

संसद भवनबाहिर पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले भने- केपी ओलीको एमालेले संसद पनि चल्न नदिने, गञ्जागोल कायम राख्ने, हामीलाई पनि दुःख दिने काम गरिरहेको छ । यस्तो अवस्थामा संसद विघटन गरेर अर्ली इलेक्सनमा जानु उत्तम हुन्छ भनेर कुरा आएको छ । संसद नै नरहेपछि ओलीको वितण्डा पनि खत्तम हुन्छ ।

तर नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले भने वैशाख ३० मा स्थानीय चुनाव घोषणा भइसकेकाले अर्ली इलेक्सन साउन भदौमा गर्न असम्भव रहेको भन्दै त्यो सम्भावना नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...