विवेकशील साझाका काठमाडौं जिल्ला अध्यक्ष नै एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

 

विवेकशील साझा पार्टीका काठमाडौं जिल्ला अध्यक्ष तथा वागमती प्रदेश कमिटी सदस्य अमृतराज वैद्य नेकपा एमालेमा प्रवेश गरेका छन् । आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा उनलाई एमाले नेताहरुले पार्टी प्रवेश गराएका हुन् ।

काठमाडौं क्षेत्र नम्बर ४ का प्रभावशाली युवा नेता वैद्य २०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरको मेयर उम्मेदवार रन्जु दर्शनाको चुनावी कमाण्डर थिए । उनी त्यसपछिको प्रतिनिधिसभा चुनावमा भने गगन थापाको चुनावी अभियानमा थिए ।

रन्जुले पनि साझा विवेकशील पार्टी छाडेर स्वतन्त्र रहने घोषणा गरिसकेकी छन् । वैद्यको समूह भने अर्को दिन एमाले प्रवेश गर्ने तयारी छ । एमाले प्रवेश गर्दै वैद्यले आफूले काम गर्ने नेतृत्व खोजेको र त्यस्तो नेतृत्व तत्कालका लागि नेपालमा केपी ओलीबाट मात्र सम्भव देखेर एमालेमा समाहित हुने निर्णय गरेको बताए ।

पार्टी प्रवेश कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा काठमाडौं क्षेत्र नम्बर ४ का एमाले उम्मेदवार डा. राजन भट्टराईलगायत स्थानीय नेताहरु सहभागी थिए । काठमाडौं ज्ञानेश्वरका स्थानीय वैद्य उज्ज्वल थापाको अभियानबाट विवेकशील पार्टीमा जोडिएका थिए । उनी सो क्षेत्रको जनाधारमा प्रभाव राख्ने नेता हुन् ।

प्रतिक्रिया दिनुहोस
नागा बाबासहित साधुसन्तलाई गरियो बिदाइ

    महाशिवरात्रिको उपलक्ष्यमा पशुपतिनाथको दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई दान दक्षिणासहित...

बागमती प्रदेशमा एमालेले १८ सीट जित्ने कैलाश ढुंगेलको दावी

    नेकपा एमालेका बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेलले फागुन २१ को...

राम्रो काम सुरु गर्नासाथ सरकार भत्काइहाल्छन् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले एक कार्यकाल पूरा गर्नको लागि चार...

राष्ट्रिय स्वाधीनता खतरामा छ : वर्षमान पुन

    नेपाली कम्युनिस्ट पार्टी नेता वर्षमान पुनले यतिबेला राष्ट्रिय स्वाधीनता संकटमा रहेको...