स्कुटीको ठक्करबाट ६ वर्षिया बालिकाको मृत्यु



हाम्रो इकोनोमि

 

 

ललितपुरको ग्वार्को चोकमा स्कुटरको ठक्करबाट एक बालिकाको ज्यान गएको छ । पैदल हिँडिरहेकी ६ वर्षिया अनुष्का जैसवाललाई नम्बर नखुलेको स्कुटरले बिहिबार राति करिब ७ बजे ठक्कर दिएको थियो ।

स्कुटरको ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ । बालिका रौतहट घर भई ललितपुरको बालकुमारीमा परिवारसँग बस्दै आएकी थिइन् ।बालिकालाई ठक्कर दिएर फरार भएको स्कुटर र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...